ललित बोहरा, डडेल्धुरा । परशुराम नगरपालिका डडेल्धुराको प्रथम नगरसभाले आगामी आर्थिक वर्ष २०७४÷७५ का लागी ४० करोड २९ लाख ९ हजार रुपैयाँको बजेट पारित गरेको छ ।

चालु खर्चतर्फ २६ करोड ४३ लाख १९ हजार र पुँजीगत खर्च तर्फ १३ करोड १९ लाख ८० हजार बजेट पारित भएको छ । नगरप्रमुख भीम बहादुर साउँदले प्रस्तुत गरेको बजेटबारे दफाबार छलफलपछि सर्वसम्मत रुपमा पारित भएको हो ।

आन्तरिक आय तिन करोड, सशर्त अनुदान १३ करोड १९ लाख, सरकारबाट प्राप्त वित्तीय समानिकरण अनुदान, जिल्ला समन्वय समितिबाट प्राप्त अनुदान र राजिष्ट्रेसन दस्तुर सामाजिक सुरक्षा कार्यक्रम लागत सहभागिता लगायतको बजेट पनी नगरसभाले पारित गरेको छ ।

24.74¡ÆC