प्रहरीमा खुल्यो बढुवाको जाम : एकै दिन ११ एआइजी, १५ डिआइजी र २५ एसएसपीमा बढुवा सिफारिश

साउन १, २०७४ मा प्रकाशित | 1436 views

काठमाडौं । सरकारले लामो समयसम्म जाममा रहेको नेपाल प्रहरीको बढुवा खोल्दै ५१ जना प्रहरी बरिष्ठ अधिकारीको बढुवा सिफारिश गरेको छ । प्रहरीको बढुवा समितिले शनिवारको बिदामा समेत काम गरी ५१ जना प्रहरी बरिष्ठ अधिकृतलाई एक तह माथिल्लो पदमा बढुवा सिफारिश गरेको हो ।

आइपीपी प्रकाश अर्याल, जस्ले बढुवा खोल्न निकै ठुलो संघर्ष गर्नुपर्यो

प्रहरी प्रधान कार्यालयले बढुवा समितिको सिफारिश सार्वजनिक गर्दै बढुवा सिफारिशको औपचारिक जानकारी दिएको हो । बढुवा समितिले शुक्रवारको मिति राखेर ११ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) १५ जना प्रहरी बरिष्ठ उपरीक्षकलाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) र २५ जना प्रहरी उपरीक्षक (एसपी) लाई एसएसपीमा बढुवा सिफारिश गरेको हो ।

डिआइजी बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्त, कमल सिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टलाई एआइजीमा बढुवा सिफारिश गरेलगत्तै शनिवार नै  डिआइजी र एसएसपीमा बढुवाको सूचना प्रकाशित गरिएको छ । आइजीपीको प्रतिस्पर्धामा रही बढुवाबिरुद्ध अदालत जानुभएका डिआइजी नवराज सिलवाल भने पहिलो नम्बरमा रहेपनि अदालतमा मुद्धा बिचाराधिन रहेको भन्दै सिफारिशबाट बञ्चित गरिएको छ ।

यसैगरी एसएसपी सर्वेन्द खनाललाई पहिलो बरियतामा राखेर डिआइजीमा बढुवा सिफारिश गरेको छ । बढुवा समितिका अनुसार खनालले कुल पुणांक सयमा ८४ दशमलव ४७३४ अंक प्राप्त गर्नुभएको छ । दोस्रोमा रमेश खरेल, ८३ दशमलव ८५१०, तेस्रोमा ७८ दशमलव २३११ अंकसहित पुष्कर कार्की, चौथोमा ७८ दशमलव १८५६ अंकसहित उत्तमकुमार कार्की बढुवा सिफारिश हुनुभएको छ । यसैगरी भोगबहादुर थापा, पुष्कलराज रेग्मी, पवनप्रसाद खरेल, छबिलाल जोशी, मनोज न्यौपाने, ज्ञानबिक्रम शाह,  ठुले राई, शरद चन्द, धिरु बस्नेत, पुष्पचन्द्र रञ्जित र सुरेश बिक्रम शाहलाई डिआइजीमा बढुवा सिफारिश गरिएको हो ।

डिआइजीमा बढुवा सिफारिश गरेको केही समयपछि नै शनिवार नै २५ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिश गरिएको छ । बढुवा सिफारिश हुनेमा शैलेश थापा क्षेत्री, निरजबहादुर शाही, प्रधुम्नकुमार कार्की, हरिबहादुर पाल, बीरेन्द्र श्रेष्ठ, लोकेन्द्रबहादुर मल्ला, घाश्याम अर्याल, गणेशबहादुर ऐर, पुरुषोत्तम कंगेल, बिश्वराज पोखरेल, बशन्तकुमार पन्त रहेका छन । यसैगरी सञ्जयराज शर्मा, इश्वरबाबु कार्की, दिलिपकुमार चौधरी, राजेशकुमार लालकर्ण, देबबहादुर बोहोरा, धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, बशन्तकुमार लामा, दिवेश लोहनी, सौरभ राणा, रामकृपाल शाह, उमेश रञ्जितकार र रबिन्द्रकुमार धानुकलाई एसएसपीमा बढुवा सिफारिश गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web