काठमाडौंका यि ठाउँमा आज र भोली विद्युत् अवरुद्ध हुँदै

असार ३१, २०७४ मा प्रकाशित | 1161 views

काठमाडौं ।

सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाका कारण खम्बा सार्नुपर्ने भएकाले नयाँ चाबहिल क्षेत्रमा आज र भोलि राजधानीका विभिन्न क्षेत्रमा विद्युत्भार कटौती हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरण भारप्रेषण केन्द्रकाअनुसार सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाको पाइप जडान कार्य गर्नुपर्ने भएकाले विद्युत्भार कटौती गर्न लागिएको हो ।

केन्द्रका अनुसार नयाँ चाबहिल सव स्टेशनबाट वितरण गरिएको सुन्दरीजल फिडरअन्तर्गत पर्ने गोपीकृष्ण हल, सरस्वती नगरलगायतका क्षेत्रमा दैनिक दुईदेखि तीन घण्टा विद्युत् कटौती हुनेछ ।

यस्तै राजधानीका अन्य क्षेत्रमा समेत मेलम्ची खानेपानी आयोजनाको पाइप विस्तारका कारण सामान्य रुपमा अवरोध आउनसक्ने प्राधिकरणले जनाएको छ ।

यस्तै काठमाडौँको बानेश्वर सव स्टेशनको क्षमता वृद्धि गर्ने कार्य जारी रहेका कारण बागमती, धोवीखोला क्षेत्र, अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र, शङखमूल क्षेत्र, बानेश्वर कोटेश्वर र इमाडोल क्षेत्रमा समेत फरक–फरक समयमा दैनिक चार घण्टा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ ।

पुग्दो मात्रामा विद्युत् उपलब्ध भइरहेको भए पनि सव स्टेशनको क्षमता वृद्धि तथा प्रसारण लाइन सुधार गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्नुपरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web