बीरगञ्ज ।

मुलुकको प्रमुख भन्सार नाका वीरगंज भन्सार कार्यालयबाट चालु आर्थिक बर्ष ०७३/७४ को ११ महिनामा करिब १ खर्ब १५ अर्ब रुपैयां बराबरको कृषिजन्य उत्पादन आयात भएको छ । कृषिजन्य जमिन गैरउत्पादनमा परिणत हुंदा कृषिजन्य उत्पादनको आयात बढेको हो ।

बीरगंज भन्सार कार्यालयले दिएको तथ्यांक अनुसार सबैभन्दा बढी चामल, धान, गहुं, मकै लगायतको खाद्य पदार्थ आयात भएको छ ।

वीरगंज नाकाबाट विगत ११ महिनामा ५० अर्ब ७९ करोड २० लाख रुपैयांको खाद्यान्न आयात भएको छ । गत आर्थिक बर्ष ०७२÷७३ मा ४५ अर्बको हाराहारीमा धान, मकै, गहुं, चामल लगायतका खाद्य पदार्थ आयात भएको थियो ।

त्यसैगरी वीरगंज नाकाबाट २२ अर्ब ५६ करोड बराबरको तेल घिउ आयात भएको छ ।

तेल र घिउ विशेष गरी भारत सहित ब्राजिलबाट आयात हुने गरेको छ ।

यसैगरी यस नाकाबाट सुख्खा तथा हरियो फलफूूल तथा सुपारीको आयात पनि उल्लेख्य रूपमा बढेको छ । तथ्यांकअनुसार १२ अर्ब २७ करोड ६० लाख रुपैयांको फलफुल तथा सुपारी आयात भएको छ ।

यसैगरी वीरगंज नाकाबाट आर्थिक बर्ष २०७३/७४ मा १० अर्ब १८ करोड रुपैयांको पशु आहार आयात भएको छ भने ८ अर्ब ६ करोड २० लाख रुपैयांको तरकारी आयात भएको वीरगंज भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

कृषि व्यवसाय परम्परागत रूपमा सञ्चालन भएको र यसको व्यवसायिकरण हुन नसक्दा खाद्यान्न तथा खाद्य पदार्थको आयात निरन्तर बढी रहेको विरगंज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले बताउनु भयो ।

बीरगंज भन्सार नाका हुदै ८ अर्ब ६ करोड २० लाख रुपैयांको दुग्धजन्य पदार्थ, ३ अर्ब ३५ करोड ९५ लाख रुपैयांको चिया कफी र मसला तथा ३ अर्ब २८ करोड रुपैयाको चिनी आयात भएको बीरगंज भन्सार कार्यालयले जनाएको छ ।

22.73¡ÆC