डेढ किलो सुन सहित भारतीय पक्राउ

असार ३०, २०७४ मा प्रकाशित | 1226 views

असार ।

अवैध रुपमा भन्सार छलि काठमाण्डौबाट बीरगंज तर्फ ल्याउदै गरेको अवस्थामा डेढ किलो सुन सहित एक भारतीय नागरिकलाई आज प्रहरीले मकवानपुरको रातोमाटेबाट पक्राउ गरेको छ ।

काठमाडौंबाट वीरगञ्ज तर्फ जाँदै गरेको ना १ ज ४०२९ को टाटा सुमोलाई मकवानपुरको हेटौंडा स्थित रातोमाटे प्रहरी चेकपोष्टले चेकजांच गर्ने क्रममा आज भारत बिहार पूर्वी चम्पारण जटियाही पोष्ट निवासी  ३५ वर्षीय सुमन कुमार सुन सहित रंगेहात पक्राउ परेको अंचल प्रहरी कार्यालय नारायणी वीरगंजले जनाएको छ ।

निजको साथबाट ७० लाख ५९ हजार मुल्य बराबरको १ किलो ५ सय १६ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।

सुन सहित पक्राउ परेका भारतीय नागरिकलाई थप कारवाहीका लागि राजश्व अनुसन्धान बिभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय बारा पथलैयामा बुझाइएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web