स्थानीय तहको अधिकारमाथि अंकुश लगाउने षडयन्त्र हुदैछ :ओली

असार ३०, २०७४ मा प्रकाशित | 1047 views

भक्तपुर । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहलाई दिएको अधिकारमाथि अंकुश लगाउने षडयन्त्र भएको बताउनुभएको छ । शुक्रबार सूर्यविनायक नगरपालिकाको प्रथम नगरसभाको उद्घाटन गर्दै उहाँले संविधानले स्थानीय तहलाई दिएको अधिकार कटौती गर्न खोज्नु गलत भएको बताउनुभयो ।

अध्यक्ष ओलीले अधिकार सम्पन्न स्थानीय तहले मात्रै  गाउँपालिका तथा नगर एवम् समग्र देशको विकासमा सहयोग पुर्‍याउने भएकाले स्थानीय तहको अधिकार कटौती एमालेलाई  मान्य नहुने बताउनुभयो ।

अध्यक्ष ओलीले संविधान निर्माण गर्दा संविधानमै उल्लेख भएको केन्द्र, प्रदेश र स्थानीय तहको अवधारणालाई सरकारले चलाउन नहुने बताउनुभयो । लोकतन्त्र उत्कृष्ट र मर्यादित ब्यबस्था भएको बताउँदै सबै राजनीतिक दल मिलेर विकासमा अघि बढ्नुको विकल्प नरहेको उहाँको भनाई थियो ।

अस्वस्थ, हानिकारक र अनुचित काम जसले गरे पनि स्वीकार्य नभएको बताउँदै अध्यक्ष ओलीले राष्ट्रिय एकता कायम गरेर समृद्घि हाँसिल गर्नु आजको आवश्यकता भएको बताउनुभयो ।

विगतमा कर्मचारीले स्थानीय तहको अधिकार सबै आफैं प्रयोग गरिरहेको सन्दर्भमा नवनिर्वाचित जनप्रतिनिधिलाई काम गर्न केही असहज हुन सक्ने भए पनि अधिकारका लागि विधि सम्मत संघर्ष गर्न पछि पर्न नहुनेमा जोड दिनुभयो ।

कार्यक्रममा सांसद रामेश्वर ढुङ्गेल, पूर्वमन्त्री महेश बस्नेत, एमाले केन्द्रीय सदस्य सानु श्रेष्ठ लगायतले स्थानीय तहलाई दिएको अधिकार कटौती गर्न नहुने बताउनुभयो । परिषदमा नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले आर्थिक वर्ष २०७४÷७५ का लागि कुल ४८ करोड १० लाख २८ हजार रुपैयाँ बराबरकोे अनुमानित बजेट सार्वजनिक गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web