तराईमा अस्थिरता र हिंसा मच्चाउने भारतीय एजेन्टको जिम्मा काँग्रेसका अमरेश कुमारलाई

असार ३०, २०७४ मा प्रकाशित | 1245 views

काठमाडौं ।

नेपाली कांग्रेसका प्रभावशाली नेताका रुपमा परिचित अमरेशकुमार सिंहले लैनचौर भारतीय दूतावास पुगेर आफूलाई मधेस आन्दोलनको जिम्मा दिन अनुरोध गरेको खुल्न आएको छ ।

राजपाले मधेसमा सोचेअनुरुप आन्दोलन चर्काउन नसकेको र ‘ अस्थिरता निम्त्याउन नसकेको भन्दै सिंहले मधेस आन्दोलनको जिम्मा आफूलाई दिन आग्रह गरेका थिए ।

केही समयअघि टीकापुरमा आन्दोलन चर्काउन समेत आफ्नो भूमिका रहेको दाबी गर्दै भारतीय राजदूत मञ्जिभसिंह पुरीसामू मधेस आन्दोलनको नेतृत्व माग गरेका हुन् ।

माओवादी नेता एवम् सहरी विकासमन्त्री प्रभु साहसहित राजपा नेताहरुः महन्थ ठाकुर, राजेन्द्र महतो र अनिल झासमेत सहभागी उक्त बैठकमा सिंहले राजपाबाट अब मधेसमा अश्थिरताको आश नगर्न राजदूत पुरीलाई आग्रह गरेका थिए ।

उक्त बैठकपछि भारतले मधेस आन्दोलनलाई उग्र बनाउन नयाँ संयन्त्र बनाउने योजना बनाएको छ । जसको नेतृत्व सिंहले गर्ने बुझिएको छ ।

प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन सार्न राजपाले मात्रै नसकेको र त्यसका लागि कांग्रेसका तराईमा सांसद र केन्द्रीय सदस्यहरुले मुख्य भूमिका खेलेको स्मरण गर्दै छलफलमा अवका कदमहरुमा राजपाले ‘स्टेप’ लिन नसकेका विषयमा कांग्रेस र माओवादीको संयन्त्रलाई पनि प्रयोग गर्ने समझदारी उनीहरुले गरेका थिए ।

उक्त संयन्त्रमा लागि कांग्रेस नेता बिमलेन्द्र निधिको पनि सहभागिता हुने भनिए पनि निधि प्रत्यक्ष रुपमा नभएर अप्रत्यक्ष रुपमा मात्रै सहभागि हुने टुंग्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web