डडेल्धुरा । उपचारका लागि उप-क्षेत्रीय अस्पताल ल्याउँदै डडेल्धुरा र बैतडिका २ जनाको मृत्यु भएको छ ।

बैतडीका एक जना महिला र डडेल्धुराका एक जना किशोरीको उपचारको लागि अस्पताल डडेल्धुरा ल्याउँदै गर्दा मृत्यु भएको अस्पताल स्रोत जनाएको छ ।

डडेल्धुराको अजयमेरु गाउँपालिका ३ नौलाकोटकी १६ बर्षकी मन्जु पनेरुको मुत्यु भएको छ । घरमा सुतिरहेको बेला बिहान साढे ३ बजे तिर सर्पले टोकेको भनेपछि उनलाई अस्पताल ल्याइएको थियो ।

उपचारको लागि उप- क्षेत्रीय अस्पताल डडेल्धुरा ल्याउदै गर्दा बाटोमा उनको मुत्यु भएको अस्पताल स्रोतले दाबी गरेको भएपनी पोस्टमार्टम नआएकाले मृत्यृको कारण अहिले भन्न नसकिने अस्पतालले जनाएको छ ।

त्यस्तै सर्पको टोकाईबाट शुक्रबार नै बैतडीमा एक महिलाको मृत्यु भएको छ । पाटन नगरपालिका ६ टुडिगैर बस्ने ५५ वर्षीया गोमती बिष्टको सर्पको टोकाईबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। शुक्रबार बिहान करिब ७ बजे खेतमा धान गोड्ने क्रममा उनलाई सर्पले टोकको थियो ।

उपचारका लागि डडेल्धुरा स्थिति उपक्षेत्रीय अस्पताल ल्याउदै गर्दा उनको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरिक्षक हरिओम खड्काले बताए । अस्पताल लैजाँदै गर्दा विहान ११ बजे उनको मृत्यू भएको खड्काले बताए ।

19.91¡ÆC