इटहरी आगलागीमा ७ करोड बढीको क्षती, प्रहरी र स्थानीयको सक्रियताले जोगियो ठुलो दर्घटना

असार ३०, २०७४ मा प्रकाशित | 1084 views

सुनसरी ।सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ स्थित मुख्य बजार क्षेत्रमा गएराति भएको भीषण आगलागीमा साढे ६ करोड भन्दा बढीको धनमाल क्षती भएको छ ।

बिद्युतको मेन स्विच सर्ट भएर गएराती साँढे १२ बजेबाट आगलागी हुँदा युवराज कार्कीले सञ्चालन गरेको मार्बल टायल र सेनिटरीका सामग्री रहेको दोकानमा रहेका सबै सामग्रीसहित जलेर नष्ट हुँदा कार्कीको मात्र ६ करोडभन्दा बढीको नोक्सानी भएको छ ।

कार्कीले सञ्चालन गरेको मार्बल टायलको दोकानसँगै रहेको विराट आयुर्वेदको पतञ्जलिको आयुर्वेद औषधि, खाद्यान्न सामग्री र दैनिक उपभोग्य वस्तुसमेत नष्ट हुँदा करिब ६० लाखभन्दा बढीको नोक्सानी भएको सञ्चालक योगेन खड्काले जानकारी दिनुभयो । दोकान घरमा मानिस नबस्ने र दोकान घरको सुरक्षार्थ रहेका कर्मचारी घर बाहिरै रहने गरेकाले आगलागी हुनासाथ तत्काल बारुणयन्त्र, प्रहरी र स्थानीयवासीलाई हल्ला गरेर उठाएका कारण मानवीय क्षती भने हुन पाएन ।

राधाकृष्ण पेट्रोल पम्पसँगै एक घर पूर्वपट्टिको घरमा लागेको आगोलाई इटहरी, धरान, विराटनगर र इनरुवाबाट आएका बारुणयन्त्र, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयवासीको सक्रियतामा आज बिहान ४ बजेतिर मात्रै आगलागी नियन्त्रणमा आएको थियो । आगलागीमा भएको नोक्सानीका विषयमा प्रहरीले प्रारम्भिक नोक्सानीको आँकडा लिने कार्य गरिरहेकाले आगलागीको वास्तविक नोक्सानीको विवरण आउन समय लाग्ने बताइएको छ ।

मध्यराती आगलागी हुँदा छेवैमा पेट्रोल पम्प रहेकोले ठुलै खतरा रहेपनि प्रहरी र स्थानीयबासीको सक्रियताले ठुलो दुर्घटनाबाट जोगिएको छ । प्रहरीले समयमै आवश्यक सवै ब्यवस्थासहित पेट्रोल पम्पमा आगलागी फैलन नदिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web