जातीय साम्प्रदायिक हिंसा फैलाउन खाेज्नेहरू विलाउदै : अाेली

असार २९, २०७४ मा प्रकाशित | 1290 views

काठमाण्डौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा अाेलीले जातका कुराले साम्प्रदायिक हिंसा फैलाउन खाेज्नेहरू विलाउदै गएकाे बताएका छन्।

बुधबार राजधानीमा अायाेजित संयुक्त व्यवसायी समुहकाे चुनावी सभामा बाेल्दै उनले यस्ताे धारणा राखेका हुन् ।

अाेलीले वैदेशिक राेजगारका कम्पनीमा समेत जातिय राजनीति देखा पर्नु गलत भएकाे बताए । अाेलीभन्दा अगाडि बाेलेका अध्यक्षका प्रत्यासि गुरूङले विमल ढकाल संयुक्त समूह जातिय राजनीतिकाे हंगामा मच्चाउन उद्दत रहेकाे बताएपछि अाेलीले भने-' विदेशमा गुरूङ, तामाङ, मगर, क्षेत्री, बाहुन जस्ता कम्पनी पाईन्छ र ? पाइदैन भने कि न खाेल्नु ? त्यसैले यस्ता अपवाह फैलाउनेहरू विलाउछन्,जित सत्यकाे हुन्छ ।' अाेलीले विश्वबाट नेपालमा भाषा भाषि जातजातिकाे अध्ययन गर्न अाउने वातावरण बनाउनुपर्ने बताए ।

पुर्वप्रधानमन्त्री अाेलीले मेनपावर कम्पनीले नेपालमा बेरोजगार बढाएकाे नभई वेराेजगारीलाई व्यवस्थापन सिर्जना गर्न मेनपावर स्थापित भएकाे धारणा राखे । उनले भने -"सरकारले गर्न नसकेकाे समयमा व्यवसायीले राेजगारीकाे अवसर सिर्जना गरेकाे छ ।

मेनपावरकाे अावरणमा रहेका दलाल, व्यवसायीलाई कानुन बमोजिम कारवाहि गर्न सरकार सक्रिय रहनुपर्छ।" प्रदेश र केन्द्रकाे चुनावमा एमाले पहिलाे बन्ने र सरकार निर्माण गर्ने बताउदै अाेलीले सरकार गठनपछि वैदेशिक राेजगार व्यवसायीसँग छलफल गरेर अगाडि बढ्ने धारणा राखे ।

सरकारले स्वदेशमा नै राेजगारकाे व्यवस्था गर्न सके वैदेशिक राेजगारी व्यवसायी नभई स्वदेशी व्यवसायीमा परिणत हुने अाेलीले बताए । व्यवसायीलाई मर्यादित,पारदर्शी र कामदारकाे हितमा काम गर्न नेतृत्वले भुमिका खेल्न अनुराेध गरेका छन् । उनले बिदेशमा पुगेपछि कामदारले दुख पाउने वातावरण सिर्जना गर्न नहुने तर्क गरे ।

अाेलीले गाउँका जनताले एमालेलाई जिताउनुपर्ने सन्देश स्थानीय चुनावबाट दिएकाले स्वदेश विदेश घुमेका व्यवसायी झन् अत्याधिक मतले एमालेकाे पक्षधरलाई जिताउनु पर्ने बताए । अध्यक्षका प्रत्यासीका उम्मेदवार राेहित गुरूङले वैदेशिक राेजगार यस अगाडिका अध्यक्षले व्यवसायीकाे हितमा काम गर्न नसकेकाे अाराेप लगाए ।

मेनपावर व्यवसायीलाई वर्गीकरण गर्न नदिने गुरूङले प्रतिबद्धता जनाएका छन् । उनले भने -"वर्गीकरण गर्दा क ले सधै वर्चस्व जमाउने र अरूले अवसर पाउदैनन्,त्यसले मेनपावर व्यवसायीलाई समान अवसर दिन क ख ग मा वर्गीकरण गर्नु हुनुहुन्न ।"

असार ३० गते हुन लागेकाे नेपाल वैदेशिक राेजगार व्यवसायी संघकाे निर्वाचनमा एमाले लगाएतका समर्थनमा संयुक्त व्यवसायी समुहकाे तर्फबाट राेहन गुरुङ नेतृत्व र काङ्ग्रेस निकटबाट विमल ढकाल संयुक्त समूहकाे टीम प्रतिष्पर्धामा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web