गाउँपालिकाद्धारा द्धन्द्धपीडितलाई निशुल्क सेवा देखि टेलिफोन टावर स्थापनाको निर्णय

असार २९, २०७४ मा प्रकाशित | 572 views

रुकुम ।

पुर्बी रुकुमको भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा र उपाध्यक्ष मनकुमारी बुढा पदभार ग्रहण गरेका छन । एक औपचारिक कार्यक्रमका बिच स्थानीय तहको दोस्रो चरणमा निर्वाचनमा पदाधिकारीहरुले पदभार ग्रहण गरेका हुन । पदभार ग्रहण पछि बसेको पहिलो बैठकले गाउँपालिकाको विकास र समृद्धिको लागि बिभिन्न १० वटा महत्वपुर्ण निर्णय गरेको कार्यकारी अधिकृत चन्द्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बैठकले यथासिघ्र वडा कार्यालय स्थापना गरि जनतालाई सुबिधा दिने, गाउँपालिकाका शहिद परिवार, घाइते, अतिविपन्न, एकल महिला, ज्येष्ठ नागरिक र दीर्घ रोगीलाई प्रमाणपत्रका आधारमा गाउँपालिकाबाट दिइने सबै सेवा निःशुल्क गर्ने र गाउँपालिका क्षेत्रभित्र सबैका लागि सञ्चारमा सहज पहुँच कार्यक्रम गर्न संचार टावर तथा इन्टरनेट सेवा यथाशीघ्र विस्तार गर्न सम्बन्धित पक्षहरुसँग पहल गर्ने निर्णय गरेको छ ।

सबै वडामा संचार र इन्टरनेट विस्तार गर्न महतको ठामै र काँक्रीको दबाङमा टेलिफोन टावर स्थापनार्थ सर्भे गर्न र सर्भे भैसकेको क्याङ्सीको राम्ली र चुनबाङको खालमा नेपाल टेलिकमको टावर निर्माण कार्य यथाशीघ्र अघि बढाउन आवश्यक पहल र अनुरोध गर्ने निर्णय गरेको हो । अहिले पुर्बी रुकुमका अघिकांस क्षेत्र सञ्चार बिहिन रहेको छ ।

यस्ता छन भूमे गाउँपालिकाको मिति २०७४ असार २७ गतेमा बसेको गाउँकार्यपालिकाको पहिलो बैठकका निर्णयहरु

(१)  सार्वजनिक सेवालाई जनताको अधिकारको रुपमा स्थापित गरी सुशासन कायम गर्न ९ वटै वडामा श्रावणको पहिलो साताभित्रै वडा कार्यालय स्थापना गरी सेवा प्रवाहलाई सरल, चुस्त, दुरुस्त, सेवामुखी र जवाफदेही बनाउने। नयाँ वडा कार्यालय स्थापना तथा तत्काल कर्मचारी व्यवस्थापन गर्न ७ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी उपाध्यक्षको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्ने ।

साथै, शहिद परिवार, घाइते, अतिविपन्न, एकल महिला, ज्येष्ठ नागरिक र दीर्घ रोगीलाई प्रमाणपत्रका आधारमा गाउँपालिकाबाट दिइने सबै सेवा निःशुल्क गर्ने ।

(२)  मौसमी प्रतिकूलतालाई मध्यनजर गर्दै तत्काल विपद् प्रतिकार्यका लागि राहत कोष खडा गरी गाउँपालिका अन्तर्गतका सबै जनप्रतिनिधि तथा कर्मचारीहरुले कम्तीमा २ (दुई) दिनको पारिश्रमिक कट्टी गरी कोषमा जम्मा गर्ने । राहत वितरण मापदण्ड तर्जुमा गर्न कार्यदल गठन गर्ने र सोही मापदण्ड बमोजिम राहत वितरण गर्ने ।

साथै, उक्त राहत कोष तथा विपद् व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय समुदाय, संघसंस्था तथा निजी क्षेत्रसँग सहयोग, समन्वय र सहकार्यका लागि अनुरोध गर्ने ।

(३)  गाउँपालिका क्षेत्रभित्र सबैका लागि सञ्चारमा सहज पहुँच कार्यम गर्न संचार टावर तथा इन्टरनेट सेवा यथाशीघ्र विस्तार गर्न सम्बन्धित पक्षहरुसँग पहल गर्ने । सबै वडामा संचार र इन्टरनेट विस्तार गर्न महतको ठामै र काँक्रीको दबाङमा टेलिफोन टावर स्थापनार्थ सर्भे गर्न र सर्भे भैसकेको क्याङ्सीको राम्ली र चुनबाङको खालमा नेपाल टेलिकमको टावर निर्माण कार्य यथाशीघ्र अघि बढाउन आवश्यक पहल र अनुरोध गर्ने ।

(४)  गाउँपालिका क्षेत्रभित्र क्रियाशील विभिन्न गैरसरकारी संघरसंस्था तथा विषयगत कार्यालयहरुको कुन कार्यक्रम, कुन प्रकारको कहिले सम्म हो ? उक्त कार्यक्रम गाउँपालिकामा पेश गर्न अनुरोध गर्ने । गैरसरकारी संस्थाहरुलाई स्थानीय तह सरकारको कानून बमोजिम गाउँपालिकामा दर्ता गरी एकद्वार प्रणाली अनुरूप कार्य संचालनमा ल्याउने ।

(५)  भूमे गाउँपालिकालाई स्वच्छ, सफा र हरियालीयुक्त बनाउन एक वर्षे सरसफाई कार्ययोजना बनाई कडाइका साथ लागू गर्ने । जसअन्तर्गत पहिलो १०० दिनभित्रः

(क) प्रत्येक घरको बाहिरी र भित्री भित्ता लिपपोत गरी बाहिरी भित्ताको रङ गाउँटोलमा उपलब्ध हुने माटोको रङका आधारमा एकरुपता ल्याउने ।

(ख) एक घर एक चर्पी निर्माण र प्रयोग अनिवार्य गर्ने

(ग) एक घर एक विरुवा रोप्ने अभियान चलाउने र

(घ) निश्चित टोल छनौट गरी क्mबचत ख्ष्ििबनभ निर्माणको थालनी गर्ने ।

(६) गाउँपालिका स्थापना भएको अवसरमा प्रत्येक वर्ष गरिब तथा जेहेन्दार विद्यार्थी, कृषक, फरक क्षमता भएका व्यक्तिहरुलाई प्रत्येक वडाका उत्कृष्ट एक एकजनालाई पुरस्कृत गर्ने तथा ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने ।

(७) योजना तथा बजेट तर्जुमाको आधारको रुपमा रहेको गाउँपालिकाको प्रोफाइललाई तुरुन्त पूर्णता दिने।

(८) गाउँपालिका क्षेत्रभित्र रहेका ओइलानी जग्गा, अतिक्रमित जग्गा र सरकारी जग्गा र सम्पत्तिको खोजी, संरक्षण र व्यवस्थापन गर्ने । सरकारी जग्गा र सम्पत्तिको विवरण श्रावण मसान्तभित्रै सबै वडा कार्यालयहरुले गाउँपालिकामा पठाउने ।

(९) वडा नं. ९ का वडाध्यक्ष श्री प्रवेश पुनलाई गाउँ कार्यपालिकाको प्रवक्ताको जिम्मेवारी दिने ।

(१०) संविधान कार्यान्वयन र स्थानीय सरकारलाई मूर्तरुप दिन भएको स्थानीय तहको निर्वाचनमा उत्साहपूर्ण रुपमा सहभागी भएका सम्पूर्ण मतदाता, स्वच्छ र  निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गराउने निर्वाचन आयोग तथा कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक, संचारकर्मी लगायत सबैलाई धन्यवाद ज्ञापन गर्ने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web