चितवन ।

मुग्लिङ्ग नारायणगढ सडकखण्डको कालीखोलामा आज दिउँसोे पहिरो जांँदा सो सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यलयका प्रमुख सन्तोष पन्तले जानकारी दिनुभयो ।

पहिरो ठुलो गएकोले पहिरो पन्छाउन ७ घण्टा भन्दा बढी समय लाग्ने पन्तले बताउनु भयो ।

अहिले नारायणगढ तर्फबाट पठाइएको डोजरहरुले पहिरो पन्छाउन शुरु गरेको र मुग्लिङ्गबाट कालीखोलातर्फ डोजर पठाई पहिरो पन्छाउन शुरु गरिने उहांँले बताउनु भयो ।

गत साताबाट रातको समयमा मुग्लिङ्ग नारायणगढ सडकमा सवारी बन्द गरिदै आएकोमा पहिरो पन्छाउन साथ जाममा परेका सवारीलाई निर्धारित समय भन्दा चाडै पठाउन प्रयास गरिने उहांँले बताउनुभयो ।

यसअघि पनि सोही स्थानमा पटक पटक गरी पहिरो गएको थियो। सो सडक मुग्लिङ्गबाट झण्डै साढे ३ किलोमिटर दुरीमा पर्दछ ।सो सडकमा दैनिक १० हजार सवारी आवत जावत गर्दछन् ।

17.4¡ÆC