पुनर्निर्माण प्राधिकरणको लागि अर्को बर्षको लागि डेढ खर्व बजेट

असार २८, २०७४ मा प्रकाशित | 622 views

काठमाडौं ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले आगामी आर्थिक वर्षका लागि १ खर्ब ४५ अर्ब ९३ करोड रुपैयाँको बजेट स्वीकृत गर्नुका साथै भावी कार्ययोजना तय गरेको छ ।

प्राधिकरण निर्देशक समितिका अध्यक्ष एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले प्राधिकरणले तयार पारेको बजेट, भावी कार्ययोजना र आवश्यक संगठनात्मक संरचनासहितको प्रस्ताव स्वीकृत गरेको हो ।

त्यसक्रममा प्रधानमन्त्री देउवाले पुनर्निर्माणलाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले पुनर्निर्माणले गति लिएको र आगामी आर्थिक वर्षमा निजी आवास, सम्पदा, शैक्षिक तथा स्वास्थ्य संस्थाहरुको पुनर्निर्माणले थप तीव्रता पाउने बताउनुभयो ।

करिब ४० हजार बढी भूकम्प प्रतिरोधी घर पुनर्निर्माण सम्पन्न भएको र १ लाख १० हजार बढी घर निर्माणका क्रममा रहेकाले आगामी आर्थिक वर्षमा निजी आवास पुनर्निर्माणमा उल्लेख्य प्रगति हुने विश्वास लिइएको पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web