तीनाउँखोलामा बेपत्ता ४ मध्ये ३ जनाको शव भेटियो

असार २८, २०७४ मा प्रकाशित | 927 views

पाल्पा ।

पाल्पाको तानसेन नगरपालिका–९ अमलेनस्थित तीनाउखोलाले जीप बगाउँदा बेपत्ता भएका चार यात्रु मध्ये ३ जनाको शव फेला परेको छ ।

बेपत्ता भएको चार दिनपछि आज दिउँसो २ वजेतीर माथागढी गाउँपालिका–१ का माया गाहा, तानसेन नगरपालिका–१ की उषा श्रोष्ठ र माथागढी गाउँपालिकाका पदमबहादुर कुवरको शप भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

गएको आईतबार राती १ बजे लु १ ज १७१२ नम्बरको जिपसहित यात्रुलाई बाढीले बगाउँदा चार जना बेपत्ता भएका थिए ।

माया गाहाको पाल्पाको जोरधारा चरचरे र उसा श्रेष्ठ र पदमबहादुर कुवरको शप रुपन्देहीको तीनाउ खोलामा फेला परेको प्रहरीले जनाएको छ ।

माथागढी गाउँपालिका–१ का तिलविर गाहा भने अझै बेपत्ता छन् उनको खोजी कार्य जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web