बीरगञ्ज ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पर्साको बहुदरमाई गाउपालीका वाडा नम्बर ६ का वडा सचिब दिपक खनाललाई सेवाग्राहीसंग घुस लिईरहेको अवस्थामा रंगेहात पक्राउ गरेको छ ।

गाउपरिषदबाट बिनियोजन गरिएको बालबिकासको ९० हजार रकम निकासा दिने क्रममा खनालले ३० हजार रुपैया घुस बापतको रकम माग गरेको र सो रकम सेवाग्राही संग बुझने क्रममा आज निजलाइ बीरगन्ज महानगरपालीका वाडा नम्बर १३ तेजारथ टोल स्थित डेराबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौडाबाट खटिएको टोलीले निजलाई रंगेहात पक्राउ गरी थप कार्वाहीकालागी हेटौडा लगेको छ ।

23.66¡ÆC