डोटी खुल्ला दिशामुक्त क्षेत्र घोषणा ..

असार २८, २०७४ मा प्रकाशित | 1421 views

डोटी, असार २८ । डोटीलाई बुधबार एक औपचारिक समारोहका बीचमा खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । देशभरकै ४१ औँ जिल्लाका रुपमा डोटीलाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिइएको हो ।

जिल्ला सदरमुकाममा आयोजित एक कार्यक्रममा उच्च अदालत दिपायलका मुख्य न्यायाधीश प्रकाश ढुङ्गानाले जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेका हुन् ।

राष्ट्रिय सरसफाई रणनीति २०१० अनुसार सन २०१७ सम्ममा राष्ट्रलाई खुल्ला दिशामुक्त राष्ट्र घोषणा गरिसक्नु पर्ने व्यवस्था अनुरुप जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको जिल्ला समन्व्य समिति डोटीका कार्यक्रम अधिकृत टेकबहादुर खड्काले जानकारी दिएका छन् ।

डोटी जिल्लामा सन २०११ मा तयार भएको पाँच बर्षे खानेपानी, स्वास्थ्य तथा सरसफाई रणनीति अनुसार जिल्लालाई सन २०१५ सम्ममा खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिसक्नु पर्ने थियो तर साविकका गाविस र दिपायल सिलगढी नगरपालिका तोकिएकै समयमा खुला दिशामुक्त क्षेत्र घोषणा हुन नसक्दा रणनीति अनुसार काम हुन सकेन् ।

यस अघि जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्न पटक पटक मिति तोकिएको भएपनि असफल भएको थियो । साविकका ५० गाविस र एक नगरपालिका यसअघिनै खुल्ला दिशामुक्त जिल्ला घोषणा भइसकेका छन ।

कार्यक्रममा जिल्लाको सरसफाई प्रतिवेदन प्रस्तुत गर्दै क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयका इञ्जिनियर तथा जिल्ला खानेपानी, स्वास्थ्य तथा सरसफाई समन्वय समितिका सदस्य सचिव रमेश मण्डलले जिल्लाका शत प्रतिशत घरधुरीमा शौचालयको ब्यवस्था भएको बताएका छन् ।

उनले ९८ प्रतिशतले आफैंले चर्पी बनाएको र दुई प्रतिशतले साझा शौचालय प्रयोग गर्ने गरेको बताएका छन्  । ‘निर्माण भएका शौचालयहरुमा ९८ प्रतिशत सुधारिएका शौचालय छन्’ मण्डलले भने ‘दुई प्रतिशत शौचालय अहिले पनि कच्ची छन् ।’

जिल्लाका ८८ प्रतिशत जनसंख्यालाई आधारभुत खानेपानीको पहुँच पुगेको भएपनि दिगो र सुरक्षित खानेपानीको व्यवस्थापनमा ध्यान दिनु पर्ने कुरा घोषणा कार्यक्रममा औल्याइएको थियो । डोटीका बजार क्षेत्रको सरसफाईका लागि व्यवस्थापन समितिहरु गठन भइ सक्रिय रहेकोसमेत कार्यक्रममा जानकारी गराईएको थियो ।

समुदायमा स्वास्थ्य सरसफाईबारे जनचेतनाको कमी रहनु, महिनावारीको बेला शौचालयको प्रयोग कम हुनु, बस्तुभाउको मलमुत्रको व्यवस्थापन नहुनु, बजार क्षेत्रको फोहोर मैलाको व्यवस्थापन नहुनुलाई सरसफाई क्षेत्रको चनौतीका रुपमा लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web