जागिर खाएको बानी परियो अबको दिनचर्या कसरी बिताउने म्यादी प्रहरीको चिन्ता..

असार २८, २०७४ मा प्रकाशित | 1224 views

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका ५ का रोहित श्रेष्ठ स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भए। घरयासी सानोतिनोबाहेक खासै कुनै काम नभएकोले उनी म्यादीमा भर्ना हुन आएका हुन्। तर, अहिले उनको दिनचर्या फेरिएको थियो।

कारण हो, देशमा दुई दशकपछि भएको स्थानीय तहको निर्वाचन। ‘अब अर्को चिन्ताले सताउन थालेको छ। म्यादीमा भर्ना भएदेखि उनीलाई आफू बेरोजगार भएर बसेजस्तो कुनै भान भएको थिएन।’  श्रेष्ठले भने, ‘दैनिक आठ घण्टा ड्युटीमा पर्ने भएकाले कुनै समस्या हुने थिएन। अब जागिर खाएको बानी भयो दिनचर्या कसरी कटाउने हो अन्योलमा छु।’ देशमा दुई दशकपछि सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचनको सुरक्षार्थ म्यादी प्रहरीको भर्ना खुलेको थाहा पाए। विदेश जाने प्रयास गरिरहेको थिए चौतारा साँगाचोकगढी नगरपालिका ४ का रामबहादुर श्रेष्ठले भने, ‘त्यतिबेलासम्म भिसा पनि आएको थिएन त्यसैले आफू पनि म्यादी प्रहरीमा जागिर खाएँ। अब नेपालमै काम गर्ने बानी बस्यो विदेश जानेकी नजाने भन्नेमा दुविधा उत्पन्न भएको छ।’

सयौं युवाहरु म्यादी भएपछि स्थायी प्रहरी बनेर देशको लागि योगदान दिन चाहेको बताएका छन्। हो, चौतारा साँगाचोकगढी नगरपालिका ४ की रुपा कपालीको पनि स्थायी प्रहरी बनेर देशको सेवा गर्ने सुनाउँछिन्। ‘हामी बेरोजगारी थियौं, स्थायी प्रहरी बन्ने इच्छा छ। म्यादीमा जागिर खाएपछि स्थायी प्रहरीमा भर्ति हुन गएको बताउँछिन् उनी। म्यादी प्रहरीमा भर्ना भएपछि जीवनशैलीमा निकै परिवर्तन आएको बताउँछिन् अर्की म्यादी कपाली। ‘केही महिनाको लागि भए पनि देशको सेवा गर्नुको मज्जा नै अर्कै छ’ उनले भनिन् ।

प्रहरीमा भर्ना हुनु आफ्नो कुनै चाहना नभए पनि म्यादीमा भर्ना भएपछि भने स्थायी प्रहरी बनेर देशको सेवा गर्न चाहेको उनी बताउँछिन् । विगतमा घरायसी काममा मात्र सीमित रहने महिला आजभोलि सामाजिक काम तथा अन्य क्षेत्रमा सक्रिय देखिनुले महिलाको चेतनास्तर बढ्दै गएको महिला अधिकारकर्मी बताउँछन्। सरकारले म्यादी प्रहरीलाई सेवा सुविधा पनि राम्रै दिएकाले पनि यसमा आर्कषण बढेको महिला बताउँछन्। अघिल्ला निर्वाचनमा म्यादीका लागि महिलाले खासै चासो देखाउँदैन्थे । यसपालि भने बढी आकर्षित छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web