डोल्पा ।

एक साता देखि लगातार परेको बर्षाले मुड्केचुला गाउपालीका वडा नं ८ ओक्टमा रहेको रारा निम्न माध्यामीक विधालयको भवनको खेलमैदान भत्कीदा विधार्थीलाई पठन पाठनमा समस्या भएको छ ।

अविरल बर्षाले विधालय अगाडीको सिडि ,पर्खाल,र खेल मैदान भत्कीदा विधार्थीहरु पठनपाठन गर्न समस्या भएको र बर्षा भईरहेको हुनाले फेरिपनी भत्कीने आवस्था भएको हुदा त्रासमै पठन पाठन भईरहेको रारा निम्न माध्यामीक विधालय ओक्टका प्रधानाध्यापक लंकमान बुढाले बताउनु भएको छ ।

हाल उक्त विधालयमा ३ सय ६ नाज छात्राछात्रहरु अध्यन गरिरहेका छन ।

एक साता देखि परेको अविरल बर्षाले तल्लो डोल्पाका विभिन्न ठाउहरुमा खेतबारी देखि बाटोघाटो सम्मा क्षेती पुरयाएको स्थानिय बासी लाल बहादुर बुढाले जनाएका छन ।

26.12¡ÆC