नेपालगञ्ज ।

नेपालगन्ज–राप्तीपारि बघौडा हुलाकी राजमार्ग अवरुद्ध भएको छ । निर्माणाधीन उक्त सडक ठाउँठाउँमा हिलाम्य भएपछि कुनै पनि चारपाङ्ग्रे सवारी साधन चल्न सकेका छैनन् ।

फत्तेपुरको राप्तीसोनारी ६ र नरैनापुर गाउँपालिकाको ४ र ५ नम्वर क्षेत्रमा पर्ने सडकमा निर्माण कम्पनीले सडक खनेर माटो हालेपनि ग्राबेल नहाल्दा पूरै सडक हिलाम्य भएको हो ।

सडक हिलाम्य भएपछि बघौडाबासीको सदरमुकामसँगको यातायात सम्पर्क टुटेको छ । बघौडाका स्थानीयबासी भारतीय बाटो भएर सदरमुकाम नेपालगन्ज आउने गरेका छन् ।

वर्खायाम सुरु भएसँगै वर्सेनी राप्तीसोनारीका बैजापुर, विनौना र फत्तेपुर तथा नरैनापुर गाउँपालिकाका ६ वटा वडाका स्थानीयबासीले यातायातको ठूलो समस्या झल्दै आएका

छन् ।

21.06¡ÆC