सिन्धुपालचोक। चुनावी सुरक्षाका लागि सिन्धुपाल्चोकमा भर्ती भएका म्यादी प्रहरी जिम्मेवारी पुरा गरेर विदा हुँदा भावुक बनेका छन् । उनीहरुले छोटो समय भए पनि देशका लागि योगदान दिन पाएकोमा सन्तोष व्यक्त गरे ।

सिन्धुपाल्चोकमा स्थानीय तह निर्वाचनका लागि ९ सय ५२ जना म्यादी प्रहरी छनोट भएका थिए । एक हप्ताको तालिमपछि फिल्डमा खटाइएका उनीहरु करिब तीन महिनापछि औपचारिक रुपमा बिदा भएका हुन् । जिल्ला प्रहरी प्रमुख एसपी रविन्द्र केसीले उनीहरुलाई रातो टिका लगाइदिए र काम गरेको प्रमाणपत्र दिएर बिदा गरे ।

पहिलो चरणको निर्वाचन सकिएपछि धेरै म्यादी प्रहरीहरु बिदा भइसकेका थिए । दोस्रो चरणको निर्वाचनमा जिल्लाका प्रहरी अन्य जिल्लामा खटिएपछि झण्डै एक महिना यहाँको शान्ति-सुरक्षाको जिम्मेवारी म्यादी प्रहरीले नै धाने । सुरुमा भर्ना भएका ९ सय ५२ मध्ये अन्तिमसम्म ४ सय ७१ जना म्यादी प्रहरी जिल्लामा नै खटिएका थिए । दोस्रो चरणको निर्वाचन सकिएको र अन्य जिल्लामा गएका प्रहरीहरु फर्केपछि म्यादीहरुलाई बिदाइ गरिएको थियो ।

भावुक बन्यो माहोल

टुडिखेलमा आयोजित बिदाइ कार्यक्रममा धेरै म्यादी प्रहरीहरुको अनुहार मलिन थियो भने आँखामा आँशु देखिन्थ्यो । यतिका दिनसम्म सँगै काम गरेका साथीहरुसँगको बिछोडको पीडा उनीहरुसँग थियो । उनीहरुमध्ये केही आफूहरुबीचको सम्वन्धलाई स्मरणीय बनाउन मोबाइलमा सेल्फी खिचीरहेका देखिन्थे ।

16.03¡ÆC