कैलाली ।

विषालु सर्पले डसेर कैलालीको साबिक गेटा गाविसमा आज नौवर्षीय बालकको मृत्यु भएको छ ।

स्थानीयवासी भोजराज ओझाका छोरा चेतराजको मृत्यु भएको हो ।

राति घरमै सुतेको अवस्थामा गोमन सर्पले उनलाई डसेको बताइएको छ ।

सर्पले डसेपछि सेती अञ्चल अस्पताल पु¥याइएका ओझाको उपचारकै क्रममा सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालका वरिष्ठ अहेव राधाकृष्ण चौधरीले बताउनुभयो ।

15.87¡ÆC