आज २८ आँै जनसंख्या दिवस

असार २७, २०७४ मा प्रकाशित | 638 views

काठमाडौं ।

सभामुख ओनसरी घर्ति मगरले नेपाली समाजमा महिला पुरुषबीचको असमानता अझै कायम रहेको बताउनुभएको छ ।

२८ आँै जनसंख्या दिवसको अवसरमा आज काठमाडौमा आयोजित कार्यक्रममा बोल्नुहुँदै सभामुख घर्ति मगरले लैङ्गिक असमानता अन्त्यको लागी नेपालका सम्पूर्ण सचेत नागरिक सचेत हुन जरुरी रहेको बताउनुभयो ।

सभामुख घर्ति मगरले नया नेपाल निर्माणमा देशमा रहेका सम्पूर्ण असमानताको अन्त्य र व्यवस्थित परिवारको सोच नै आजको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा संयुक्त राष्ट्र संघिय जनसंख्या कोषका प्रतिनिधि जुलिया जावेनले नेपालमा परिवार नियोजनप्रति सचेतना र प्रजनन स्वास्थ्यप्रति नया पिढि सचेत बन्दै गएको बताउनुभयो ।

सो अवसरमा जनसंख्या दिवसको अवसरमा आयोजित निबन्ध प्रतियोगितामा उत्कृष्ट भएका ४ जनालाई सम्मान गरिएको थियो ।

यसवर्षको जनसंख्या दिवसको नारा  “व्यवस्थित परिवारः समृद्ध राष्ट्रको आधार" रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web