प्रधानमन्त्री देउवा भने, राष्ट्रपतिबाट गाडी किन्ने प्रस्ताव आएको छैन ..

असार २६, २०७४ मा प्रकाशित | 883 views

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिका निम्ति गाडी खरिद गर्नेसम्बन्धी प्रस्ताव प्राप्त नभएको बताएका छन् । राष्ट्रपति कार्यालयबाट गाडी किन्नका लागि १६ करोड रुपैयाँ बजेट माग भएको सामाचार सार्बजनिक भएको बेला देउवाले त्यस सम्बन्धी प्रस्ताव सरकारलाई प्राप्त नभएको बताएका हुन् ।

सोमबारको संसद बैठकलाई सम्बोधन गर्दै देउवाले सो धारणा राखेका हुन् । उनले राष्ट्रप्रमुखको सुरक्षा र गरिमाका निम्ति गाडी किन्ने विषयलाई सामान्य मान्नुपर्ने पनि बताए ।

त्यसअघि संसद बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रपति विद्या भण्डारीका लागि १६ करोडको गाडी किन्ने र सिंहदरबारभित्र १० करोड लागतमा फोहर व्यवस्थापन आयोजना बनाउन लागेको भन्नेबारे जवाफ सरकारको जवाफ मागेका थिए । तर, प्रधानमन्त्री देउवाले सिंहदरबारभित्र त्यस्तो केही बन्न नलागेको बताए ।

सांसदहरुका जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले आगामी माघ ७ गतेभित्र संघीय र प्रादेशिक संसदको निर्वाचनलाई आगामी आर्थिक वर्षको बजेटले उच्च प्राथमिकता दिएको र त्यसको कार्यान्वयन वर्तमान सरकारको पहिलो प्राथमिकता भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web