कञ्चनपुरको पुनर्वास नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी

असार २५, २०७४ मा प्रकाशित | 1387 views

कञ्चनपुर ।  कञ्चनपुरको पुनर्वास नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार जीवन थापा विजयी भएका छन्। थापा ६ हजार ७२ मत ल्याएर नगरपालिका प्रमुख विजयी भएको निर्वाचन अधिकृत टेककुमार रेग्मीले जानकारी दिए। थापाका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तोयाप्रसाद शर्मा उम्मेदवार ५ हजार ५५१ मत ल्याए।

नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकै शारदा बिष्ट ६ हजार ५८८ मत ल्याएर विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी भुलियाकुमारी रानाले ५ हजार २३९ मत ल्याइन्।

माओवादी केन्द्रका प्रमुखका उम्मेदवार वीरबहादुर थापा र उपप्रमुखका उम्मेदवार सीता विकले क्रमशः ५ हजार ५५१ र ५ हजार ३९६ मत ल्याइन्। असार १४ गते स्थानीय तहको निर्वाचन भएका ३३४ स्थानीय तहमध्ये अब झापाको अर्जुनधारा नगरपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको नतिजा आउन बाँकी छ।

अहिलेसम्मको मतपरिणाम अनुसार एमालेले १४९ स्थानीय तहमा प्रमुखरअध्यक्ष जितेको छ भने कांग्रेसले १२२ स्थानीय तहमा प्रमुखरअध्यक्ष जितेको छ। यस्तै तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ३८ स्थानीय तहमा प्रमुखरअध्यक्ष जितेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web