काठमाडौं । अब ग्राहकले पैसा जम्मा गर्न आफ्नो खाता रहेकै बैंक धाउनु पर्ने अवस्था अन्त्य हुने भएको छ । राष्ट्र बैंकले यसको लागि व्यवस्था मिलाउने भएको हो ।

आइतवार सार्वजनिक भएको मौद्रिक नीतिमा यस्तो उल्लेख छ । यसले अब आफ्नो बैंक नै खोज्दै हिड्नु पर्ने अवस्थाको अन्त्य मात्र हुनेछैन् रकम जम्मा गर्न यातायात लगायतमा हुने खर्च पनि कटौती हुने विश्वास राष्ट्र बैंकको रहेको छ ।

हाल सञ्चालनमा रहेको अन्तर बैंक भुक्तानी प्रणाली कै प्रयोग यसको लागि पनि हुने देखिन्छ । नेपाल क्लियरिङ हाउसले हाल अन्तर बैंक भुक्तानी सेवा मार्फत् रकम, लाभांश लगायत ट्रान्सफर गर्न सकिने सुविधा दिइरहेको छ ।

24.52¡ÆC