<p style="outline-style: initial; outline-width: 0px; margin-bottom: 0px; padding: 10px 0px; font-size: 16px; line-height: 26px; color: rgb(85, 85, 85); font-family: Arial, Helvetica, sans-serif; text-align: justify;">कञ्चनपुर ।आठ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका कञ्चनपुरको वेदकोट–७ गाउजीका १७ वर्षीय हिमाल बमलाई प्रहरीले भारतको राजधानी नयाँ दिल्लीबाट पक्राउ गरेको छ । </p><p style="outline-style: initial; outline-width: 0px; margin-bottom: 0px; padding: 10px 0px; font-size: 16px; line-height: 26px; color: rgb(85, 85, 85); font-family: Arial, Helvetica, sans-serif; text-align: justify;">गत मंगलबार घरमा एक्लै भएको मौका छोपी बमले ८ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी सहायक निरीक्षक महादेव भट्ट नेतृत्वको प्रहरी टोलीले अभियुक्त बमलाई दिल्लीस्थित आफन्तको डेराबाट पक्राउ गरेको हो । </p><p style="outline-style: initial; outline-width: 0px; margin-bottom: 0px; padding: 10px 0px; font-size: 16px; line-height: 26px; color: rgb(85, 85, 85); font-family: Arial, Helvetica, sans-serif; text-align: justify;">बमलाई पक्राउ गर्न भारतीय प्रहरीको पनि सहयोग मिलेको प्रहरी सहायक निरीक्षक भट्टले जानकारी दिनुभयो । बालिकालाई निरन्तर रक्तस्राव भएपछि आफन्तले घटनाबारे थाहा पाएका थिए । बालिकालाई कोहलपुरस्थित मेडिकल कलेजमा उपचारपछि घर फर्काइएको छ </p>
16.23¡ÆC