बिराटनगर । बिराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भीम पराजुली निर्वाचित भएका छन् । शनिबार सकिएको मत गणनामा मेयर र उपमेयर दुबैमा कांग्रेस उम्मेदवार पराजुली र इन्दिरा कार्की विजयी भएका हुन् ।

बिराटनगरमा एमालेले फोरम लोकतान्त्रिकसँग र संघीय समाजवादी फोरमले तालमेल गरेको थियो । तर, कांग्रेस उम्मेदवार पराजुलीलाई हराउन सकेनन् ।
पराजुलीले २३ हजार ३ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विनोद ढकालले १७ हजार ३२१ मत पाए भने तेस्रो स्थानमा रहेका संघीय फोरमका उमेश यादवले १४ हजार ९५८ मत पाए ।

यस्तै उपमेयरमा निर्वाचित इन्दिरा कार्कीले २० हजार १४६ मत पाएकी छन् । दोस्रो स्थानमा रहेकी माओवादी केन्द्रकी उम्मेदवार नमिता न्यौपानेले ११ हजार ५२३ मत पाएकी छन् भने तेस्रो भएकी फोरम लोकतान्त्रिककी सूची चौधरीले १० हजार ५३६ मत पाइन् ।

वडामा पनि कांग्रेस नै हावी भएको छ । कांग्रसले ७, एमालेले ३, माओवादी केन्ऽले १, संघिय समाजवादी ६ र स्वतन्त्र उम्मेदवारले एक वडाध्यक्ष जितेका छन् ।

20.12¡ÆC