गोरखा ।

गोरखाको धार्चे गाउँपलिका ७ हावाडाँडा भीरमा नेपाली सेनाले सडक बनाउने क्रममाः झरेको पहिरोमा परी एक जना कामदारको मृत्यु भएको छ ।

सडकको नयाँ ट्रयाक खन्न बम बिस्फोटन गर्न पहरोमा प्वाल बनाउने क्रममाः माथिबाट खसेको पहिरोमा परी आज अपरान्ह ४ बजे मकवानपुर भियाल ५ का ३२ बर्षिय सुकमान मोक्तानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक बीरेन्द्र थापाले जानकारी दिनुभयो ।

शवलाई परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र आरुघाट ल्याउने तयारी गरिएको छ ।

हावाडाँडा, लापुभीर हुँदै माछाखोला सडकमा नयाँ ट्याक खुलाउने काम नेपाली सेनाले गर्दै आएको छ । पहरा फुटाउन सेनाले बम बिस्फोटन गर्दै आएको छ ।

22.57¡ÆC