स्थानिय र देशको बिकासका लागि जनताले एमालेलाई जीताए : ओली

असार २४, २०७४ मा प्रकाशित | 1272 views

दमक ।

एमाले अध्यक्ष केपी ओलीले स्थानिय तहको निर्वाचनमा पराजय भएका पार्टी र केही सिट जितेका पार्टीलाई पनि साथ लिएर मुलुकको बिकास गर्ने बताउनु भएको छ ।

एमाले दमक नगर कमिटीले आज दमकमा आयोजना गरेको बिजय र्याली तथा नवनिर्वाचित मेयर ,उपमेयर वडा अध्यक्ष, वडासदस्यहरुलाई स्वागत कार्यक्रमलाई सम्वोधन गदै अध्यक्ष ओलीले स्थानिय क्षेत्र र देशको बिकासका लागि जनताले एमालेलाई जीताएको हुँदा मुलुक र स्थानिय क्षेत्रको बिकास सबैलाई साथमा लिएर गर्ने बताउनु भएको हो ।

दमकमा केही पार्टीले जित हात पार्न नसकेको भनेर चिन्ता नलिन आग्रह गर्दै उनीहरुसंग हातेमालो गरी बिकास गर्ने पूर्व प्रधानमन्त्री समेत रहनु भएका ओलीले बताउनु भयो । निर्वाचन सम्पन्न गर्न खट्ने सुरक्षाकर्मी, कर्मचारी ,मतदाता , नेता कार्यकर्ता  सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै  आम नागरिकको पहिलो प्राथमिकता बिकास भएको हुदा नवनिर्वाचित मेयर ,उपमेयर , वडाअध्यक्ष र वडासदस्यहरुको काँधमा थप जिम्मेवारी बढेको हुदा बिकासको योजना अघि बढाउन उहाँलाई निर्देशन दिनु भयो ।

समाजमा सामाजिक सद्भाव शान्ति कायम गर्दै सुखी नेपाली समृद्ध नेपाल बनाउने पार्टीको लक्ष्य पुरा गर्न सबै नेपालीलाई सहयोग गर्न अनुरोध गर्नु भयो । बिजय रयालीलाई एमाले नेता प्रदिप ज्ञवाली लगायतले सम्वोधन गर्नु भएको थियो ।

पार्टी अध्यक्ष दिउसो धनकुटाको बिजय सभालाई सम्वोधन गरी झापाको विर्तामोडमा साँझ आएर जिल्ला भित्रको स्थानिय तहको निर्वाचनबाट निर्वाचनहरुलाई भोली बिहान सम्वोधन गर्ने कार्यक्रम रहेको एमालेको केही अनुशासन आयोगका सदस्य अर्जुन राईले बताउनु भयो । बिजय रयालीले दमकका बिभिन्न बजार र सबै वडाको परिक्रम गरेको थियो ।

असार १४ गते भएको दोस्रो चरणको स्थानिय तहको निर्वाचनको  शुक्रबार सम्पन्न मत गणना अनुसार एमालेका मेयरका उम्मेदवार रोमनाथ ओलीले १०हजार ८सय ६ मत ल्याई बिजय हुनु भएको थियो । यसै गरी उपमेयरमा एमालेका उम्मेदवार गीता अधिकारीले १२हजार ६सय २५ मत ल्याइ बिजयी हुनु भएको थियो । दमकका १० वडा मध्ये २ वडाको अध्यक्ष र एक दलित महिला सदस्य बाहेकका ८ वडामा एमालेले सानदार बिजय हासिल गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web