सोलुदुघकुण्ड नगरपालिकाले ७० नाघेकालाई घरमै उपचार सेवा दिने

असार २४, २०७४ मा प्रकाशित | 894 views

सोलुखुम्बु ।

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाको पहिलो बैठकले सोलुदूधकुण्ड नगरपालिकाभित्रका ७० वर्ष पार भएका वृद्धवृद्धालाई घरमै उपचार गराउने निर्णय गरेको छ ।

नवनिर्वाचित नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पा सहितका पदाधिकारीले नगरपालिकाभित्रका ७० वर्षमाथिका वृद्धवृद्धालाई घरमै चिकित्सक पुर्याएर उपचार सेवा दिने निर्णय गरेको हो ।

वृद्धवृद्धा बिरामी भएको जानकारी आएपछि घरमै चिकित्सक लगेर उपचार गर्ने र रोग जष्टिल भएमा अस्पतालसमेत लगेर निःशुल्क उपचार दिइने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web