डडेल्धुरा। कुरा २०७३ फागुन १० गतेको हो प्रदेश नम्बर ७ अर्थात सुदूरपश्चिममै पहिलो पटक डडेल्धुरामा नमुना संसदीय अभ्यास गरियो । युवालाई नेपालमा संसदीय अभ्यास बारे जानकारी गराउने उदेश्यले सञ्चालन गरिएको नमुना युवा संसदमा व्यवस्थापिका संसदमा गरिने क्रियाकलापहरुको तिन दिन सम्म अभ्यास गराईयो ।

‘नमुना युवा व्यवस्थापिका संसद कार्यक्रम’ नाम दिईएको उक्त कार्यक्रम युएनडीपीको आर्थिक सहायतामा आयोनले गरेको थियो । नमुना संसद बैठकमा स्थानीय सवाललाई संसद भित्रको छलफलको बिषय बनाईयोे ।

युवाहरुका सवाल र भूमिकालाई कसरी संसदीय प्रक्रिया मार्फत अगाडि ल्याईन्छ र ऐन कानून वा नियमहरु कसरी व्यवस्थापिका संसदबाट बनाईन्छ वा संसोधन गरिन्छ भन्ने प्रक्रियासँग युवाहरुलाई परिचित गराउने उदेश्यले गरिएको अभ्यासपछि कार्यक्रममा सहभागी युवाहरु निकै उत्साहित बने ।

नमुना संसद बैठकमा सभामुख सहित सांसद, कर्मचारी बनाएर हरेक युवाहरुलाई जिम्मेवारी प्रदान गरियोे । तिनै मध्येका एक युवा जसले प्रधानमन्त्रीको भुमिका निर्वाह गरे उनले यो निर्वाचनबाट गाँउपालिका मै सबैभन्दा कान्छो जनप्रतिनिधिको रुपमा आफुलाई स्थापित गर्न सफल भए्का छन् ।

उनी थिए २४ वर्षिय युवा सुरेन्द्र मल्ल । मल्लले प्रधानमन्त्री बनिरहदा आफ्नो प्रस्तुति पनि गज्जबका साथ दिएका थिए । बोल्ने अर्थात भाषण कलाको शैलि अद्भुत थियो उनीमा ।

नमुना संसद बैठक चलिरहेको हलमा साच्चिकै प्रधानमन्त्रीले जस्तै हरेक सवालको सम्बोधन गरिरहेको प्रतिक्रिया उनलाई धरै युवा सहभागीहरुले दिए ।

तिन दिन सम्म प्रधानमन्त्रीको भुमिका निभाएका मल्ल यो स्थानिय तहको निर्वाचनबाट गाँउपालिकामै सबैभन्दा कान्छो जनप्रतिनिधिको रुपमा निर्वाचित हुन पुगेका छन् । ३६९ मत प्राप्त गरि बिजय भएका उनले पदभार ग्रहण गरिसकेका छन् ।

उनले नेकपा एमालेको तर्फबाट अजयमेरु गाउँपालिकामा वडा नम्बर ३ को वडा सदस्यमा उम्मेदवारी दिएका थिए । स्थानीय सवालमा संसदभित्रको जस्तै अनुभव लिन पाएका मल्लले ‘नमुना युवा व्यवस्थापिका संसद कार्यक्रम’ आफ्नो लागी निकै प्ररणादायी भएको प्रतिक्रिया दिएका छन् ।

यस्तै युएनडीपीको संसद सहयोग परियोजनाका राष्ट्यि व्यवस्थापक डा. राजबहादुर श्रेष्ठले भने, ‘परियोजनाको सहयोगमा डडेल्धुरामा आयोजित नमुना युवा संसदका प्रधानमन्त्री सुरेन्द्र मल्ल गाउँपालिका सदस्यमा निर्वाचित हुनुभएको खबरले हामी पनि खुशी भएका छौँ ।’

मल्लको सफल कार्यकालको शुभकामना दिदै उनले फेरि थपे, संसदीय अभ्यासमार्फत राजनीतिप्रति युवाहरूको सकारात्मक धारणा विकास गरी उनीहरूलाइ सक्रिय सहभागिताको लागि भोक जगाउने हाम्रो कार्यक्रमको लक्ष्य थियो ।

थोरै मात्रामा भएपनि यस्ता युवाहरूको राजनितिक सहभागिता नै उक्त कार्यक्रमको सफलता रहेको समेत संसद सहयोग परियोजनाका राष्ट्यि व्यवस्थापक डा.श्रेष्ठले बताए ।

यसै गरी नेपाल युवा संस्था संजाल (आयोन) का कार्यसमिति सदस्य जगदीश ऐरले पनि मल्लले पाएको सफलता बाट आफु निकै उत्साहित भएको र अवसर पाएको खण्डमा युवा वर्गले पनि असल नेतृत्व गर्ने सक्ने बताए ।

सुरेन्द्र मल्लको राजनीतिक यात्रा ?

२०६४ सालमा अनेरास्ववियु भद्रपुर मावि भद्रपुरको प्रारम्भिक कमिटि अध्यक्षबाट राजनैतिक यात्रा सुरु गरेका मल्लले अनेरास्ववियुका तत्कालिन जिल्ला सचिव गणेश भाटको हातवाट सदस्यता प्राप्त गरे ।

केन्द्रिय अध्यक्ष रामकुमारी झाक्रीबाट प्रभावित भएका मल्ल माध्यमिक शिक्षा अध्ययन गर्ने सिलसिलामा २०६६ साल तिर जिल्ला सदरमुकाम प्रस्थान गरे ।

बिद्यार्थी जिबनबाट नै राजनितिक यात्रा सुरु गरेका उनले २०६८ मंसिर २९ गते नेकपा एमालकोे पार्र्टी सदस्यता प्राप्त गरे ।

त्यसपछि अध्ययन कै क्रममा रहिरहदा २०६९ मा उनले पढिरहेको क्याम्पस माउन्टेन बहुमुखी क्याम्पसमा अनेरास्ववियुको कमिटी अध्यक्षको जिम्मेवारी सम्हाले । त्यसछि सोही वर्ष सप्पन्न अनेरास्ववियुको ८औ जिल्ला अधिबेशनमा जिल्ला कमिटी सदस्य हुँदै सचिवालय सदस्य भएर काम गरे ।

उनी नेकपा एमाले ७औं जिल्ला अधिवेशनको सबै भन्दा कान्छो प्रतिनिधिको रुपमा समेत रहेका थिए । त्यसपश्चात उनी २०७० मा अनेरास्ववियुको २१औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि भए ।

अनेरास्ववियुको कै ९औ जिल्ला अधिबेशन वाट जिल्ला कमिटी उपाध्यक्षको जिम्मेवारी सम्माहालेका मल्लले पार्टी जिल्ला कमिटी अध्यक्ष डा. तारा जोशी निर्वाचित पश्चात थप राजनीति प्रती प्रभावित हुँदै उहाँकै सल्लाह सुझाव अनुसार आफ्नो राजनितिक जिवन अगाडि बढिरहेको बताएका छन् ।

हाल अनेरास्ववियु डडेल्धुरा जिल्ला संयोजक भएर राजनीतिमा सक्रिय रहेका मल्लले स्थानीय तहको हालै सम्पन्न दोस्रो चारणको निर्वाचनमा डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नं. ३ को जनप्रतिनिधिका रुपमा ३६९ मतका साथ विजयी भई पदभार ग्रहण गरिसकेका छन् ।

पदभार ग्रहण गरिसके पश्चात अजयमेरु गाउँपालिकाको बिकासका लागि नेतृत्वदायी भुमिका निर्वाह गर्न आफु सदैव प्रतिबद्ध रहेको समेत उनले बताए ।

28.12¡ÆC