पत्रकार सहारा उपचार कोषको लागि न्यूटन्स एजुकेशनद्धारा ५१ हजार सहयोग

असार २३, २०७४ मा प्रकाशित | 822 views

झापा ।

झापाको बिर्तामोडस्थित न्यूटन्स एजुकेशन एकेडेमीले पत्रकार सहारा उपचार कोषका लागि ५१ हजार रुपैयाँ प्रदान गरेको छ ।

आज पत्रकार महासंघ झापाका कार्यवाहक अध्यक्ष एवम् पत्रकार उपचार कोषका संयोजक एकराज गिरीसहित महासंघको टोलीलाई बिद्यालयका संस्थापक प्रिन्सिपल हरिकुमार प्रसाई र धर्मा पराजुली प्रसाईले उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।

सामाजिक उत्तरदायित्व र मानवीय सेवा क्षेत्रमा योगदान स्वरुप पत्रकार उपचार कोषका लागि उक्त रकम प्रदान गरिएको संस्थापक प्रिन्सिपल  प्रसाईले बताउनुभयो ।

पत्रकार महासंघ झापाले एक करोड रुपैयाँको कोष स्थापना गर्ने लक्ष्यका साथ अघि बढेको छ ।

कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुनेक्रम जारी रहेको छ ।

हालसम्म कोषमा २३ लाख बढी रुपैयाँ जुटिसकेको महासंघ झापाका कार्यवहाक अध्यक्ष गिरीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web