प्रदेश नम्बर सातका ८५ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक,कहाँ को अगाडि ?

असार २२, २०७४ मा प्रकाशित | 1089 views

डडेल्धुरा । प्रदेश नम्बर सातका ८८ स्थानीय तहमध्ये ८५ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक मतपरिणाम अनुसार नेपाली कांग्रेस र नेकपा एमालेले बराबर स्थानीय तह जितेका छन् । ८५ स्थानीय तहमध्ये घोषणा भइसकेका ८५ तहमध्ये नेपाली कांग्रेस र नेकपा एमाले ३७÷३७ स्थानमा विजयी भएका छन् ।

माओवादी केन्द्रले १० स्थानीय तह जितेको छ भने एक स्थानमा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ । प्रदेश नम्बर ७ का ८८ स्थानीय तहमध्ये ३ स्थानीय तहको अन्तिम नतिजा आउन बाँकी छ ।

यसअघि दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस सुदूरपश्चिममा पहिलो दल बनेको थियो । प्रदेश नम्बर सातमा कांग्रेस र एमालेमध्ये कुन पहिलो दल भन्ने छिनोफानो ३ स्थानीय तहको मतपरिणाम घोषणा भएपछि मात्रै थाहा हुनेछ ।

मतगणना भइरहेका ३ स्थानीय तह कैलालीको धनगढी उपमहानगरपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिकामा र पुनर्वास नगरपालिकामा काग्रेशको अग्रता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web