संसदमा विनियोजन विधेयक माथिको छलफल जारी

असार २२, २०७४ मा प्रकाशित | 875 views

काठमाडौं ।

व्यवस्थापिका संसदको आजको बैठकमा पनि विनियोजन विधेयक २०७४ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षक माथिको छलफल जारी रहेको छ ।

यस अन्तर्गत आज जनसंख्या तथा वातावरण , पशुपंक्षी विकास, भूमिसुधार तथा व्यवस्था, भौतिक पूर्वाधार तथा यातायात, महिला, बाबालिका, तथा समाज कल्याण, युवा तथा खेलकुद, रक्षा, वन तथा भूसंरक्षण र वाणिज्य मन्त्रालयका विभिन्न शीर्षक माथि छलफल भइरहेको छ ।

छलफलमा भाग लिंदै सांसदहरुले, विनियोजित बजेट मध्ये  विकास बजेट कम मात्र खर्च हुन सकेको, सुकुम्वासी समस्या कहिल्यै समाधान हुन नसकेको, भुमिहिनले अझै जमिन पाउन नसकेको, नारायणगढ मुग्लिन सडक दुइ वर्षसम्म मर्मत हुन नसक्दा जनताले सास्ती भोग्नु परेको तथा सन २०१८ मा नेपालमा आयोजना गरिएको सार्क खेलकुद प्रतियोगिताको लागि सरकारले आवश्यक बजेट नछुटयाएको,   तर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो ।

यसअघि, विनियोजन विधेयक माथिको छलफलको क्रममा नेपाल मजदुर किसान पार्टीका सांसदहरु डिल्ली प्रसाद काफले र प्रेम सुवालले,  विभिन्न मन्त्रालयको शीर्षकको खर्च रकममा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।

बैठक जारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web