जनकपुरधाम ।

जनकपुरवाट सञ्चालित सार्वजनिक वसहरु आज विहान देखि ठप्पहुँदा सर्वसाधारणहरु मारमा परेका छन् ।

गत जेठ २४ गते धनुषाको लालबन्दीमा बसको ठक्करबाट मोटरसाईकल चालक घाईते हुँदा जनकपुर अञ्चल बस व्यवसायि संघले तीर्नु पर्ने तीन लाख क्षति पूर्ती दिएपनि घटनाका विषयमा संघका पदाधिकारीलाई प्रहरीले राति पक्राउ गरि सोधपुछ गर्न खोजेपछि विरोधमा सार्वजनिक बस ठप्प पारेका छन् ।

जनकपुरवाट सञ्चालनमा रहेका छोटो तथा लामोदूरीको सवारी साधनहरु बन्द गरि जनकपुर अञ्चल बस व्यवसायि संघले दादागीरि देखाउँदा सर्वसाधारण तीर्थयात्रीहरुका साथै सर्वसाधारणहरु मारमा परेका छन् ।

जनकपुरवाट दैनिक रुपमा छोटो तथा लामो दूरीका गरेर २ सय ५० वटा बस सेवा दैनिक रुपमा नै सञ्चालनमा रहेका छन् ।

22.57¡ÆC