<p style="color: rgb(51, 51, 51); font-family: "Open Sans", sans-serif; font-size: 14px;">नवलपरासी । जिल्ला समन्वय समिति नवलपरासीको कार्यालय भवनमा आज बिहान आगलागी भएको छ ।</p><p style="color: rgb(51, 51, 51); font-family: "Open Sans", sans-serif; font-size: 14px;"> आगलागीबाट कार्यालयको सूचना शाखा, सामाजिक विकास शाखा लगायतका कोठामा रहेका सम्पूर्ण कागजात, फर्निचर, कम्प्युटर लगायतका सामग्री पूर्णरुपमा नष्ट भएको छ ।</p><p style="color: rgb(51, 51, 51); font-family: "Open Sans", sans-serif; font-size: 14px;">आगलागीबाट लाखौँको सामग्री नष्ट भएको छ । विद्युत् चुहावट भई कार्यालयमा आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । रामग्राम नगरपालिकाको दमकलले आगो निभाएको थियो ।</p>
16.23¡ÆC