<h4> बुटवल । बुटवल उपमहानगरका बुधबार साँझ एमाले कार्यकर्तामा खुसीयाली छाएको थियो। एमाले उम्मेदवार शिवराज सुवेदी र गोमा आचार्यले बुटवलको मेयर र उपमेयर जितेकोमा कार्यकर्ता बधाई र शुभकामना बाँडिरहेका थिए।</h4><h4><br> त्यही भीडमा देखिए, उपमहानगरमा पराजित कांग्रेस र माओवादीका उम्मेदवार पनि। उनीहरुको अनुहार हारको दुःख थिएन बरु हाँसो देखिन्थ्यो। मेयरका पराजित उम्मेदवार खेलराज पाण्डेले पनि अरुले जस्तै मेयर सुवेदीलाई फूलमाया र अबिर लगाइदिए। उपमेयरमा पराजित माओवादी उम्मेदवार जगतबहादुर पोखरेलले पनि आचार्यलाई फूलमाला लगाए र अबिर घसिदिए। </h4><h4>जवाफमा गोमाले पनि पोखरेललाई माला लगाइदिइन्। यो दृश्य देखेर त्यहाँ पुगेका एमाले कार्यकर्ता र शुभेच्छुकसमेत भावुक बने। केहीबेर अघि आएको अन्तिम मत परिणाममा सुवेदी २३२४९ मतसहित विजयी भए। उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेस र माओवादीको संयुक्त गठबन्धनका पाण्डेले २०८५१ मत पाए। यस्तै उपमेयरमा पनि नेकपा एमालेकै आचार्यले २५ हजार ३०३ मत पाएर विजयी भइन् भने पोखरेलले १४७९२ मत पाए।</h4>
23.12¡ÆC