अदालतको आदेश : दशरथ चन्द नगरपालिकाका नवनिर्वाचित प्रमुखलाई काम नगर्न

असार २१, २०७४ मा प्रकाशित | 1132 views

काठमाडौं । उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासले आज अन्तरकालिन आदेश जारी गर्दै बैतडीको दशरथ चन्द नगरपालिकाका नव निर्वाचित प्रमुख नरेन्द्र सिंह थापालाई अर्को आदेश नहुदासम्म पद बहाली गरि काम नगर्न नगराउन आदेश गरेको छ ।

दोस्रो तहको स्थानीय निर्वाचनको क्रममा कांग्रेस उम्मेद्वार थापासंग ६२ मतले पराजित भएका राप्रपाका उम्मेद्वार पुस्करराज जोशीले मतगणना कार्य बदर गरि दोहोर्‍याएर मतगणना गराइ पाउँ भनी हिजो उच्च अदालतमा उजुरी गरेका थिए । जोशीको उजुरीमा बहस गर्ने अधिवक्ता हिक्मतसिंह भण्डारीले भन्नुभयो, ‘सो उजुरीमाथि न्यायाधीश यज्ञप्रसाद बस्यालको इजलासले अन्तरकालिन आदेश जारी गरेको हो ।’

विपक्षीका नाममा सम्आह्वान जारी गर्ने र आदेश नहुँदासम्म निर्वाचित भएका प्रमुख नरेन्द्रसिंह थापालाई पद वहाली गरि काम नगर्नरनगराउन अदालतले अन्तरकालिन आदेश गरेको भण्डारीले जानकारी दिनुभयो । दशरथ चन्द नगरपालिकाको निर्वाचनमा विजयी घोषित उम्मेदवार थापाले ३ हजार ६२ र उजुरीकर्ता निकटतम प्रतिद्वन्द्वी जोशीले ३ हजार मत प्राप्त गरेका थिए । विजयी उम्मेदवारहरुले सोमवार नै सपथ ग्रहण गरि हिजोदेखि कामकाज सुरु गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web