<p style="margin-bottom: 25px; padding: 0px; color: rgb(51, 51, 51); font-family: "Ek Mukta", serif; font-size: 19.2px;">काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको गोप्य बैठक बसेको छ ।
<p style="margin-bottom: 25px; padding: 0px; color: rgb(51, 51, 51); font-family: "Ek Mukta", serif; font-size: 19.2px;">काठमाडौंको महाराजगञ्जस्थित महामन्त्री डा.शशांक कोइरालाको निवासमा बुधबार बिहान बसेको पौडेल समूहको बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षाका साथै मन्त्रिमण्डल विस्तारका विषयमा छलफल भएको हो ।
<p style="margin-bottom: 25px; padding: 0px; color: rgb(51, 51, 51); font-family: "Ek Mukta", serif; font-size: 19.2px;">बैठकमा पार्टीभित्रको विवादले गर्दा स्थानीय तहको निर्वाचनमा धेरै स्थानमा कांग्रेसका उम्मेदवारहरू पराजित भएको भन्दै यो विषयलाई गम्भीर रुपमा उठाउने सहमति भएको छ ।
<p style="margin-bottom: 25px; padding: 0px; color: rgb(51, 51, 51); font-family: "Ek Mukta", serif; font-size: 19.2px;">आन्तरिक व्यवस्थापन र टिकट वितरणमा भएको गडबढीले पराजय भोग्नु परेको पौडेल समूहको ठहर छ ।
<p style="margin-bottom: 25px; padding: 0px; color: rgb(51, 51, 51); font-family: "Ek Mukta", serif; font-size: 19.2px;">बैठकमा मन्त्रिमण्डलमा सहभागी हुने मन्त्रीहरूको नाम सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले माग गरेको अवस्थामा के गर्ने भन्ने विषयमा पनि छलफल भएको थियो ।
<p style="margin-bottom: 25px; padding: 0px; color: rgb(51, 51, 51); font-family: "Ek Mukta", serif; font-size: 19.2px;">पौडेल समूहले मन्त्रिमण्डलमा सम्मानजक संख्या नपाए अडान लिएर नाम नपठाउने रणनीतिमा लागेको स्रोतको भनाइ छ ।
<p style="margin-bottom: 25px; padding: 0px; color: rgb(51, 51, 51); font-family: "Ek Mukta", serif; font-size: 19.2px;">बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, पूर्व उपसभापति प्रकाशमान सिंह, कोषाध्यक्ष सीतादेवी यादव र नेता डा.रामशरण महतको सहभागिता रहेको थियो ।
29.12¡ÆC