प्रेमी जोडीलाई अब सरकारले होटल उपलब्ध गराउने

असार २१, २०७४ मा प्रकाशित | 1665 views

हवाना । सार्वजनिक स्थलमा डेटिङ जाने प्रेमी–प्रेमिकालाई हुने गरेको असुविधालाई ध्यानमा राख्दै सरकारले नै उनीहरुका लागि व्यवस्थित कोठा उपलब्ध गराउन लागेको समाचार अनौठो लाग्न सक्छ ।

क्यूवा सरकारले प्रेमी–प्रेमिकालाई सहुलियत दरमा होटलको कोठा उपलब्ध गराउने भएको छ । प्रेमी जोडीलाई सम्बन्ध स्थापित गर्न सहज होस् भनेर सस्तोमा होटलको कोठा उपलब्ध गराइने क्यूवा सरकारको भनाइ छ ।

यस्ता होटललाई क्यूवामा ‘पोसारस’ भनिन्छ । सरकारले ९० को दशकसम्म यस्तो होटल संचालन गर्दै आएको थियो । तर आर्थिक संकटमा परेपछि समुद्री आँधीबाट विस्थापित भएकाहरुका लागि सरकारले ती होटल उपलब्ध गरायो । जसबाट प्रेमी–प्रेमिकाले प्रेमालापका लागि असुविधा व्यहोर्दै आएका थिए भने सार्वजनिक स्थलमा नै उनीहरुले आपसमा भलाकुसरी गर्दै आएका थिए ।

नीजि स्तरमा त्यस्ता जोडीका लागि कोठा उपलब्ध गराउने काम भने जारी थियो । तर त्यस्ता कोठामा प्रेमी जोडीले चर्को शुल्क तिर्नु पर्दथ्यो ।

हवानाका प्रान्तीय हाउजिङ कम्पनीका अधिकारीहरुका अनुसार नयाँ व्यवस्थाअनुसार सस्तोमा होटलको कोठा उपलब्ध गराइने छ । हवानामा प्रेमालापका लागि कोठा नपाउने जोडीहरु लाभान्वित हुने उनीहरुको विश्वास छ ।

हवानामा सम्बन्धविच्छेद गरिसकेका महिला तथा पुरुष एक्लो जीवन बिताउन बाध्य हुन्छन् । उनीहरु प्रेमालापका लागि उपयुक्त स्थानको अभावमा एक्लो जीवनमा होमिनु परेको बताइन्छ ।

सरकारले व्यवस्था गर्न लागेको यो नयाँ नेटवर्कले उनीहरुलाई राहत हुने विश्वास गरिएको अधिकारीहरु बताउँछन् । हवानामा युगल जोडी समुद्री किनार, पार्क लगायतमा समय बिताउने गर्दछन् । (एजेन्सी)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web