पराजित भएपछि काँग्रेस कार्यकर्ताले अन्तरघात आरोपमा आफ्नै नेतालाई मोसो दले

असार २१, २०७४ मा प्रकाशित | 1312 views

नेपालगञ्ज ।

कोहलपुर नगरपालिकाको मेयरमा एमालेसँग पराजित भएपछि काँग्रेसका कार्यकर्ताले अन्र्तघात गरेको भन्दै आफ्नै नेतालाई मोसो दलेका छन् ।

नेपाल तरुण दल आवद्ध काँग्रेस कार्यकर्ताले क्षेत्र नं १ का क्षेत्रीय सदस्य युवराज पौडेलमाथि अभद्र व्यवहार गर्दै मोसो दलेका हुन् ।

कोहलपुर नगरपालिका ३, मदन चोकस्थित आफ्नै घरमा बसिरहेको बेला बाहिर बोलाएर तरुण दल रझेनाका सदस्य विजय पुडासैनीको समूहले कालो मोसो दलेका हुन् ।

मेयरका उम्मेदवार भानुभक्त भट्टराई हराउन मुख्य भूमिका खेलेको भन्दै पुडासैनीको समूहले आफूलाई अभद्रव्यवहार गर्दै हरियो मोसो दलेर भागेको पिडित पौडेलले बताए ।

पौडेल कोहलपुरको कांग्रेसको तर्फबाट मेयरका दाबेदार भएपनि उनलाई टिकट नदिएका कारण अन्र्तघात गरेको आरोप काँग्रेस कार्यकर्ताले उनिमाथि लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web