यी हुन कांग्रेस स्तब्ध हुनुका कारण

असार २१, २०७४ मा प्रकाशित | 812 views

कर्ण मल्ल र रघुवर भट्टका अलग गुट  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको  पनि डडेल्धुरामा दुई उपगुट हुनु कांग्रेस हार्नुको प्रमुख कारण मानिएको छ । जिल्ला सभापति कर्णबहादुर मल्ल र पूर्व पार्टी सभापति रघुवर भट्टका अलग गुट रहेका छन् ।

ति दुवै पक्ष नेपाली कांग्रेसको छैटौं जिल्ला अधिवेशनबाट नै दुईवटा गुटमा विभाजन भएका थिए । रघुवर भट्ट प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती आरजु राणा देउवाको नजिक मानिन्छन् भने सभापति कर्णबहादुर मल्ल खुम बहादुर खड्काको नजिक मानिन्छन् ।

डडेल्धुरा । कांग्रेस भित्रको यी दुई गुटमा तालमेल नमिल्नु नै हारको प्रमुख कारण रहेको केही बिश्लेषकहरुको भनाई रहेको छ । २० असन्तुष्ट पक्षको अन्तरघात  चुनावको पूर्व सन्ध्यामा असन्तुष्ट भएको समूहको एक विशेष  बैठक बसेर कांग्रेसलाई  भोट नहाली एमालेलाई भोट हाल्ने निर्णय गरेको आरोप असन्तुष्ट समूहलाई लागेको छ । ‘आफूहरुले टिकट नपाएको भन्दै उनीहरुले चुनावको एक दिन अगाडि मात्रै कांग्रेसलाई भोट नहाल्ने निर्णय गरेका हुन्’ एक कांग्रेस कार्यकर्ताले नाम उल्लेख नगर्ने सर्तमा भने ।

आफूहरुले टिकट नपाए पछि कांग्रेसले नै कांग्रेसलाई हारको स्वाद चखाएको कांग्रेस कार्यकर्ताले नै बताउने गरेका छन् । कांग्रेसले कांग्रेसीलाई भोट नदिएर अन्तरघात गर्ने कार्यकर्तालाई पार्टीले कडा कारवाही गर्नुपर्छ भन्दै अर्को समूहले आइतबार प्रदर्शन  समेत गरेको छ ।

३० टिकट वितरण प्रक्रियामा कार्यकर्ताको चरम असन्तुष्टी दुई समूहमा रहेको डडेल्धुरा कांग्रेस कार्यकताको टिकटमा असन्तुष्टी रहेको थियो । अमगढी नगरपालिकाको मेयर तथा उपमेयर पदमा रघुवर भट्ट निकट क्रमशः दिल्ली राज जोशी र पार्वती झुकालले टिकट पाएको भन्दै अर्को पक्ष असन्तुष्ट भएको थियो । सभापति देउवाले नै टिकट वितरणमा एकलौटी गरेको भन्दै डडेल्धुरामा तीन दिन नेता तथा कार्यकर्ताले विरोध प्रर्दशन र पार्टी कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।

मनोनयन हुनु भन्दा केही दिन अगाडि मात्रै कार्यकर्ताको मुल्याङ्कन नगरी आर्थिक चलखेलमा टिकट वितरण भएको आरोप लगाउदै कांग्रेस कार्यकर्ता विरोध प्रदर्शनका उत्रिएका थिए ।  ४० टिकट वितरणमा ढिलाई डडेल्धुरामा कांग्रसको बलियो प्रतिद्वन्द्वी मानिएको नेकपा एमालेले आफ्ना उमेदवारको टुङ्गो लगाएर प्रचार प्रसारमा हिँडेको एक महिना पछि मात्र कांग्रेसले टिकट वितरण गर्नु पनि कांग्रेस हारको कारण बनेको छ ।

एमाले तर्फका उम्मेदवार हरेक वडाका दोहार्‍याएर तेहर्‍याएर मत माग्न पुगिसक्दा मनोनयन दर्ताको चार दिन अगाडि मात्र कांग्रेस उम्मेदवारको टुङ्गो लागेको थियो । टिकट प्रक्रियामा ढिलाई भएका कारण कांग्रेसको तयारी नपुग्नु हारको कारण मानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web