बुटवल ।

नेकपा एमालेको प्रभाव क्षेत्र मानिएको बुटलवमा कांग्रेस—माओवादी केन्द्र मिल्दा समेत एमाले २ हजार बढी मत अन्तरले बिजयी भएको छ ।

काँग्रेस माओवादीका संयुक्त उम्मेद्धार खेलराज पाण्डेलाई हराउँदै एमाले उम्मेद्धार शिवराज सुवेदी बुटवल उपमहानगरपालिकाको मेयरमा निर्वाचीत भएका छन् ।

सुवेदीले २३ हजार २ सय ४९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेस—माओवादी केन्द्र गठबन्धनका पाण्डेले २० हजार ८ सय ५१ मत पाए ।

उपमेयरमा पनि एमालेकै गोमादेवी आचार्य विजयी भएकी छन् । उनले २५ हजार ३ सय १ मत पाउँदा काँग्रेस माओवादीको संयुक्त उम्मेद्धार जगत पोखरेलले १४ हजार ७ सय ९२ मत पाए ।

कांग्रेस माओवादी मेयर उपमेयरमा गठबन्धन गर्दै चुनावी मैदानमा उत्रेपनि एमालेले अन्य कुनै दलसँग गठबन्धन नगरी निर्वाचन लडेको थियो ।

माओवादीलाई उपमेयर दिएर मेयर लिएको काँग्रेस गठबन्धन वडा स्तरमा नहुँदा पराजित हुन पुगेको दुवै दलका नेता कार्यकर्ता बताउँछन् ।

कांग्रेसले वडा नम्वर १३, १८ र १९ गरी तीन वडा जितेको छ भने एमालेले १६ वटा वडामा जीत हात पारेको छ ।

23.12¡ÆC