विराटनगर ।

मोरङको जहादा गाउँपालिकामा संघिय समाजबादी फोरमले बिजय हासिल गरेको छ ।

भरखरै प्राप्त मतगणनाको परिणाम अनुसार संघियसमाजबादीका कैलाशप्रसाद मण्डल गन्गाइ ५ हजार ४९ मत प्राप्त गर्दै बिजयी भएका छन । उनका प्रतिस्पर्धी काँग्रेसका जीतेन्द्रप्रसाद शाहले ३ हजार ६ सय ५९ मत प्राप्त गरेका छन ।

उपाध्यक्षमा संंघिय समाजबादीकै शालो शाहले ४ हजार ४ सय मत पाप्त गर्दै बिजयी भएकी छन । उनकी प्रतिस्पर्धी काँग्रेसकी अनिता हास्दा सतारले ३ हजार ५ सय ९८ मत प्राप्त गरेकी छन ।

बुधवार साँझसम्म मोरङका १७ वटा स्थानिय तहमध्ये १४ वटा स्थानिय तहको अन्तिम मतगणनाको परिणाम सार्वजनिक भइसकेको छ । मतगणनाको परिणाम आउन अब विराटनगर महानगरपालीका, रंगेली नगरपालिका र धनपालथान गाउँपालिकाको बाँकी रहेको छ ।

सार्वजनिक मतपरिणाम अनुसार नेपाली कांग्रेसले ५ वटा नगरपालीका र दुई वटा गाउँपालीकाको प्रमुख पदमा विजय हासिल गरेको छ । त्यस्तै नेकपा एमालेले २ वटा नगरपालीका र तीन वटा स्थानिय तहमा प्रमुख पदमा विजय हासिल गरेको छ ।

त्यसैगरी लोकतान्त्रिक फोरम र संघिय समाजवादी फोरम नेपालले एक एक वटा गाउँपालीकामा विजय हासिल गरेका छन् ।

29.12¡ÆC