रुकुम ।

अफिम सहित रुकुममा एक महिला पक्राउ परेकी छिन ।

रुकुमको पुथाउत्तरगंगा वडा नम्बर ८ जाङकी ३१ बर्षिय मनिषा मल्ल २ किलो ५ सय ७० ग्राम अफिम सहित पक्राउ परेकी हुन ।

रुकुमको रुकुममकोटतिरबाट खलंगा तर्फ गाडि मार्फत ल्याउदै गर्दा प्रहरीले गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा उनको झोलामा अफिम फेला परेको हो ।

उनलाई प्रहरीले नियन्त्रणमा लिएर लागु औषध ओसासारपसार मुद्धा चलाईएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरिक्षक थमन रजाँलीले जानकारी दिए ।

प्रहरीका अनुसार जिल्लामा लागुऔषध ओसारपसारका घटनामा महिलाहरु संलग्न हुने बढी देखिएका छन ।

21.05¡ÆC