<p style="font-family: Arial, Helvetica, sans-serif; font-size: 16px; text-align: justify; margin-bottom: 15px !important;">बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा ७ जना घाईते भएका छन । घाईते हुनेहरुमा बैतडी पञ्चेश्वर ५ का २१ बर्षिय प्रकाश भण्डारी, ३६ बर्षिया कलावती चन्द , १५ बर्षिय कमलेश महतर, पञ्चेश्वर ६ का ८३ बर्षिय श्रीकृष्ण भण्डारी, १६ बर्षिय नरेश भट्ट, मेलौली ५ का ६५ बर्षिया भागरथी चन्द , ३५ बर्षिय शेर चन्द रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक हेरम्व शर्माले जानकारी दिए ।</p><p style="font-family: Arial, Helvetica, sans-serif; font-size: 16px; text-align: justify; margin-bottom: 15px !important;">घाईते सबैको उपचार जिल्ला अस्पताल बैतडीका भईरहेको छ । देहिमाण्डौवाट गिरेगाडाका लागी हिडेको से १ ज ५६७ नम्वरको जिप गएराती ९ बजे दशरथचन्द नगरपालिका ९ पार्साखोला भन्ने ठाउँमा दुर्घटनामा परेको हो । कच्ची वाटो पानी परेकाले चिप्लो भएकाले चिप्लीएर जिप दुर्घटनामा परेको प्रहरीले बताएको छ ।</p>
16.03¡ÆC