खोटाङ ।

खोटाङमा वहुविवाह गर्ने जोडी जेल पुगेका छन् । वहुविवाहपछि फरार रहेका लामीडाँडा गाउँपालिका–६ हौंचुरका शेखर खड्का र शारदा पाण्डे १ वर्ष ३ महिनाका लागि जेल चलान भएका हुन् ।

जेठी श्रीमती स्वस्थ हुँदाहुँदै ३ वर्षअघि दोश्रो विवाह गरेर फरार रहेका शेखर जोडीलाई फरार रहेकै अवस्थामा जिल्ला अदालतले २०७२ साल असार २८ गते जनही १० हजार जरिवाना र १ वर्ष ३ महिना कैंद फैसला सुनाएको थियो ।

फरार रहेको ३ वर्षपछि उनीहरुलाई आईतबार घरैबाट पक्राउ गरेर अदालतमा उपस्थित गराइएकोमा सजाय भुक्तानका लागि सोही दिन जिल्ला कारागार शाखा पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक नविनकिशोर प्रधानले बताउनुभयो ।

वहुविवाह गर्ने जोडी विरुद्ध २०७१ साल पुस ३० गते जाहेरी परेपछि २०७१ साल चैत्र २० गते सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा पेश गरिएको थियो । उनीहरु घरैमा लुकीछिपी बसिरहेको अवस्थामा प्रहरी चौकी जालपाबाट प्रहरी सहायक निरिक्षक नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

23.72¡ÆC