पार्टीभन्दा माथि उठेर काम गर्न प्रतिवद्ध छु – नगर प्रमुख ओझा

असार १९, २०७४ मा प्रकाशित | 1534 views

पार्टीभन्दा माथि उठेर काम गर्न प्रतिवद्ध छु  - नगर प्रमुख ओझा

ललित बोहरा, डडेल्धुरा ।   अमरगढी नगरपालिका प्रमुख र उपप्रमुख लगायत नवनिर्वाचित जनप्रतिनिधिहरु सपथ लिएका छन् ।

सोमबार जिल्ला समन्वय समितको सभा हलमा एक विशेष कार्यक्रमको आयोजना गरि नगरपालिकामा नवनिर्वाचित ५७ जना जनप्रतिनिधिहरुले सपथ लिएका हुन् । निर्वाचित जनप्रतिनिधीहरुलाई मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीले सपथ खुवाएका हुन् ।

वडा सदस्यहरुलाई अमगरगढी नगरपालिकाका प्रमुख विशेश्वरप्रसाद ओझा(विपीन)ले खुवाएका हुन् । नवनिर्वाति जनप्रतिनिधीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । सधै जनताप्रति बफादार भएर काम गर्ने उनीहरुले प्रतिवद्धता गरेका छन् ।

कार्यक्रममा बोल्दै अमरगढी नगरपालिकाका उपप्रमुख संगीता भण्डारीले चुनावको समयमा हामी पार्टीका कार्यकर्ता थियौँ, अब हामी जनताका जनप्रतिनिधी भएको भन्दै पार्टीभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै उहाँले अमरगढीको विकासको लागि प्रमुख–उपप्रमुखले मात्रै काम गर्न नसक्ने भन्दै सबैको सहयोग अवश्यक पर्ने धारण राख्नु भयो । उहाँले अमरगढीले विकासको लागि आफु प्रतिबद्ध रहेको बताईन् । अमरगढीलाई पर्यटकीय नगर बनाउने उहाँको धारण थियो ।

यस्तै कार्यक्रममा बोल्दै अमरगढी नगरपालिकाका प्रमुख विशेश्वरप्रसाद ओझाले अमरगढी नगरपालिको विकास गर्न प्रतिबद्ध रहेको बताउँदै दलगत राजनीतिबाट माथि उठेर सधैव जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नभयो ।

यस्तै सोही कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले नव निर्वाचित जनप्रतिनिधीलाई बधाई दिदैँ जनताका पक्षमा काम गर्न सुझाव दिनु भयो । उहाँले आफ्नो क्षेत्रबाट गर्ने सहयोगका लागि प्रतिबद्ध रहेका बताउनु भयो ।

यस्तै मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीले निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउने सबै नागरिक, जिल्ला स्थित सरकारी कार्मचारी, संचारकर्मी, सुरक्षा निकायलाई धन्यवाद व्यक्त गर्नु भयो । उहाँले नव निर्वार्चित प्रतिधिनिधीलाई उदाहरणीय काम गर्न आग्रह गर्नभयो ।

सपथ ग्रहण कार्यक्रममा जिल्ला स्थित विभिन्न राजनीतिक दलका प्रतिधिनी, सुरक्षा निकायका प्रतिनिधी र संचारकर्मीको सहभागिता रहेका थियो ।

यस्तै नवनिर्वाचित प्रमुख र उपप्रमुखले पदभार समेत ग्रहण गरेका छ्न । पदभार ग्रहण गर्दै नगरप्रमुख ओझाले कर्मचारीलाई जनता मैत्री बन्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web