बैतडी ।

बैतडीको शिवनाथ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्णसिंह साउँद २ हजार ३५१ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम् प्रतिद्वन्दी एमालेका भरतसिंह मडैले २ हजार ३१४ मत ल्याउनुभयो । उपाध्यक्षमा एमालेका कुस्मा चन्द विजयी हुनुभएको छ ।

चन्दले २ हजार ३६८ मत ल्याउनुभयो भने उहाँका निकटतम् प्रतिद्वन्दी कांग्रेसका झापु महताले २ हजार १२४ मत ल्याउनुभएको छ ।

26.12¡ÆC