काँग्रेसले मतगणना बहिस्कार गरेपछि खोटाङ रुपाकोट मझुवागढी नगरपालिकाको मत गणना स्थगित

असार १६, २०७४ मा प्रकाशित | 1001 views

खोटाङ ।

खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको मत गणना स्थगित भएको छ ।

सदरमुकाम दिक्तेलको त्रिवेणीचोकमा आफ्नो कार्यकर्ता कुटिएको भन्दै कांग्रेसका प्रतिनिधिले मतगणनास्थल छाडेर हिँडेपछि मत गणना स्थगित भएको हो ।

कांग्रेसका प्रतिनिधि मत गन्दागन्दै हिँडेपछि मत गणनाको काम स्थगित भएको मूख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले बताउनुभयो ।

शुक्रबार साँझ विजय जुलुस निकालेपछि त्रिवेणीचौकमा आयोजित कांग्रेसको कोण सभामा एमालेका कार्यकर्ताले रेडबुलको बट्टाले आफूहरुमाथि हानेको कांग्रेसको आरोप छ ।

रेडबुलले हानेको विषयमा विवाद हुँदा त्रिवेणी चौकमा कांग्रेस र एमालेका कार्यकर्ताबीचमा केहीबेर झडप भएको थियो ।

झडपपछि दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

झडपको कारण प्रहरीले उल्लेख गरेको छैन । घट्नाले उग्र रुप लिने खतरा रहेको भन्दै प्रहरीले बजारका होटल बन्द गराएको छ ।

झडपपछि दिक्तेलबजारमा सुरक्षा व्यवस्थामा कडाई गरिएको छ ।

आफ्नो कार्तकर्ता कुटिएको भन्दै कांग्रेसका प्रतिनिधि हिँडेपछि बाम्राङ, बुईपा, निर्मलीडाँडाको मत गणना अन्योलमा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web